कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

Friday September 1, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (शुक्रबार) सुनुवाइ हुँदैछ।

मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार पूर्ण सुनुवाइका लागि पेसी तोकिएको हो।

भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया नमिलेको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त रिटको पेशी सर्वोच्चले आजको लागि तोकेको हो।

एमालेका नेता कार्कीले भदौ ६ गते प्रदेश प्रमुख पर्शराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका रिट दायर गरेका छन्। मुख्यमन्त्रीविरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिएका थिए ।


भर्खर

कैलालीमा जंगलभित्र युवतीकाे हत्या

धनगढी :  कैलालीकाे माेहन्याल गाउँपालिका- १ काे तल्लाेपानीमा जंगलभित्र एक युवतीकाे शव फेला परेकाे छ।

कैलाली-५ : साउँदको प्रतिबद्धता पत्र सार्वजनिक

धनगढी : प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र साउँदले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्।

धनगढीकाे बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने

धनगढी: कैलालीकाे धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने