कैलालीमा ६६ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने

Sunday April 19, 2026

पढ्न लाग्ने समय :


धनगढीः सरकारले आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअनुसार दुई दिनसम्म देशभर अभियान सञ्चालन गरिएको हो।
कैलालीमा मात्रै ६ महिनादेखि ५ वर्षसम्मका ६६ हजार ४२४ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइनेछ। साथै, ९८ हजार ४५५ बालबालिकालाई जुकाको औषधि दिइने स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
जिल्लाका १३ स्थानीय तहका लागि करिब १ हजार २०० महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ।
चिकित्सकका अनुसार भिटामिन ‘ए’ले आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता तथा बालबालिकाको वृद्धि–विकासमा महत्वपूर्ण भूमिका खेल्छ। त्यस्तै जुकाको औषधिले पेटका कीरा हटाउनुका साथै कुपोषण, रगतको कमी, पेट दुख्ने र झाडापखालाजस्ता समस्या न्यूनीकरण गर्न सहयोग पु¥याउँछ।
भिटामिन ‘ए’ कार्यक्रम विसं २०५० मा आठ जिल्लाबाट सुरु भई २०५९ देखि देशभर लागू गरिएको हो। त्यस्तै जुकाको औषधि खुवाउने कार्यक्रम विसं २०५६ मा १३ जिल्लाबाट सुरु भई २०६७ देखि देशव्यापी रूपमा सञ्चालन हुँदै आएको छ।
स्वास्थ्य कार्यालयले अभियानका क्रममा छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गरी सेवा लिन आग्रह गरेको छ।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा