कैलालीमा फरार कैदीबन्दीलाई सम्पर्कमा आउन दिइएको समय सकियो

Thursday October 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार

कैलालीमा फरार कैदीबन्दीलाई सम्पर्कमा आउन दिइएको अवधि सकिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जेन्जी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीलाई सम्पर्कमा असोज २० गतेसम्मको समय दिएको थियो।

उक्त अवधि सकिएको आज तेस्रो दिन हो । तर, २४ भदौमा भागेका तीन सय आठ जना कैदीबन्दी अझै फरार छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म तीन सय ६४ जना कैदीबन्दी भने कैलाली कारागार फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले २० गतेसम्म पनि सम्पर्कमा नआएका कैदीबन्दीलाई अब थप कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताउनु भयो। उहाँका अनुसार कारागार ऐन २०७९ र प्रचलित कानुन बमोजिम थप कारबाही हुने छ। फरार कैदीबन्दीलाई लुकाउने र आश्रय दिनेलाई पनि कारबाहीको दायरामा ल्याइने जोशीको भनाई छ।

यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल यसअघि नै गठन भइसकेको छ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि