कैलालीमा चार लाख बढी भन्सार छलीका सामान बरामद
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट नजिक र टीकापुर नगरपालिका–९ ठोसे बजार नजिकबाट अवैंध रुपमा भारतबाट भन्सार छलीका गरि ल्याएका अन्दाजी ४ लाख ५ हजार ५६० मूल्य बराबरको सामान बरामद गरिएको छ।
भन्सार छलीको सुटपिस, साडी, रङ्गोली, धोती, बच्चाको कपडा, झालर लाइट, पाइप लाइट, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।