कैलालीको मष्टा धाममा शीला राखियाे

Monday February 2, 2026

पढ्न लाग्ने समय :


अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– ४ बन्दगडामा अवस्थीत मष्टाधाममा शीला राखिएको छ।मष्टाधाममा रहेका ३ मुख्यसहित १२ वटै धामहरूमा शीला राखिएको हो।

मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले १२ वटा मष्टाधाममा शीला राखिएको बताए। उनले मष्टका मुख्य तीन वटा दुधे मष्टा, दाडे मष्टा र जालन्धरी मष्टामा पनि मष्ट देवताको शीला राखिएको बताए। त्यसबाहेक ४ पञ्चाङ्गनमा मुर्ति स्थापित गरिएको अध्यक्ष साउँदले बताए। उनले पञ्चाङ्गनमा कालिका, गणेश, विष्णु र लक्ष्मीको मुर्ति स्थापित गरिएको बताए।

यसैबिच धाममा रहेको दुधे मष्टामा शीला राख्ने क्रममा सर्प देखिएको छ। शिला राख्ने क्रममा दुधे मष्टाको मन्दिरमा सर्प देखिएको अध्यक्ष साउँदले बताए। सर्प देखिने सिजन नभएपनि मन्दिरमा सर्प देखिनुलाई देवताको चमत्कारका रुपमा लिन थालिएको छ। अध्यक्ष गणेश साउँदले मष्टाधाम स्थापना गर्नु पुर्व नै धामीले मन्दिरमा सर्पको रूपमा देवताले दर्शन दिने बताएको जानकारी दिए।

उनले धाममा सर्प देखिएपछि स्थानीय भक्तजनहरुको भिड लागेको र सबैले दर्शन गरेको बताए। केही समय पछि सर्प चमत्कारी रुपमा गायब भएको समेत उनले बताए।


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती