कैलालीको घोडाघोडीका दुई स्थानमा आगलागी

Sunday April 5, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाका दुई स्थानमा भएको आगलागीबाट लाखौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

घोडाघोडी नगरपालिका–८ आमफाटास्थित नेत्र कुमालको कच्ची गोठमा आगलागी हुँदा गोठभित्र रहेका ४ वटा खसीबाख्रा जलेर मरेका छन्। आगलागीबाट गोठसहित मोटरसाइकल, साइकल लगायतका सामग्री जलेर करिब रु. ३ लाख ५८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, घोडाघोडी नगरपालिका–३ निम्दिमा दान बहादुर चौधरीको गोठमा आगलागी हुँदा गोठभित्र रहेका आलु, धान काट्ने रिफर, साइकल, त्रिपाल लगायतका सामग्री जलेर करिब रु. १ लाख ७३ हजार बराबरको क्षति भएको छ।

दुवै घटनामा मानवीय तथा अन्य चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।


भर्खर

जुवातास खेलिरहेका ९ जना पक्राउ

धनगढी: बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित प्रकाश बिकको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्याे फिफा विश्वकपको उपाधि

काठमाडौं : अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित

धनगढीमा सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार गर्ने गिरोहका दुई भारतीयसहित ९ जना नियन्त्रणमा

धनगढी:  कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–४ स्थित एक फ्ल्याटबाट सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार (हुण्डी) सञ्चालन गरिरहेको