कैलालीको अत्तरिया चोकमा आकाशे पुलको शिलान्यास

Saturday May 16, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको अत्तरिया चोकमा आकाशे पुलको शिलान्यास गरिएको छ। जिल्लाको गोदावरी नगरपालिकाको मुटु मानिने अत्तरिया चोकमा आधुनिक पैदलयात्री आकाशे पुल निर्माण थालिएको हो।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले विधिपूर्वक पूजापाठ गरी आयोजनाको शिलान्यास गरेका हुन्। लामो समयदेखि प्रतिक्षा गरिएको यस आयोजनाको शिलान्यास गर्दै नगर प्रमुख भट्टले अत्तरिया चोकको ट्राफिक व्यवस्थापन चुस्त बनाउन र पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्न यो पुल कोसेढुङ्गो साबित हुने विश्वास व्यक्त गरेका छन्। व्यापारिक केन्द्रका रूपमा विकास भइरहेको अत्तरिया चोकमा व्यावसायिक क्षेत्र र पैदलयात्रीको अत्यधिक चाप रहने गरेकाले यो पुल अत्यावश्यक मानिएको हो । उनले भने, ‘अत्तरिया चोक सुदूरपश्चिमकै प्रमुख प्रवेशद्वार र अत्यधिक व्यस्त व्यापारिक केन्द्र हो। यहाँ दिनप्रतिदिन बढ्दो सवारी साधनको चाप र पैदलयात्रीको असुरक्षालाई मध्यनजर गर्दै हामीले यो आकाशे पुल निर्माणको योजना अघि बढाएका हौं। यो पुल केवल एउटा पूर्वाधार मात्र होइन, अत्तरिया सहरलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने हाम्रो अभियानको प्रस्थानविन्दु हो।’

पुलको कुल लागत एक करोड ४२ लाख ८५ हजार रहेको छ। गोदावरी नगरपालिका र ‘क्रीजल–त्रिनेत्र–सिद्धनाथ जेभीका बिचमा पुल निर्माणको सम्झौता भएको छ। गत २०८२ साल फागुन १० गते पुल निर्माणको सम्झौता भएको थियो । सम्झौता अनुसार आगामी २०८३ साल पुस ३० गते भित्र पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने छ।

 


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक