कैलारीमा करेन्ट लागेर युवाको मृत्यु

Saturday February 14, 2026

पढ्न लाग्ने समय :


धनगढी: कैलालीको कैलारी गाउँपालिका-६ बेनौलीमा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।

जिल्ला कैलाली धनगढी उपमहानगरपालिका–१९ फुलवारी बस्ने २० वर्षीय बिमल चौधरी शुक्रबार दिउँसो विजुलीको पोलमा ट्रान्सफर्मर राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा