कुरिनटारमा निर्माण भइरहेको क्रसर उद्योग निर्माण रोक्न माग

Sunday May 12, 2024

पढ्न लाग्ने समय :


चितवन । चितवनको इच्छाकामना–४ कुरिनटारमा निर्माण भइरहेको क्रसर उद्योगको निर्माण बन्द गर्न  स्थानीयले माग गरेका छन्। शनिबार कुरिनटार आएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसामु बस्ती नजिकै क्रसर उद्योग निर्माण भइरहेकाले तत्काल रोक्न माग गरेका हुन्।

स्थानीय प्रकाश सिलवालले मापदण्डविपरीत बस्तीको बीचमा क्रसर उद्योग निर्माण भइरहेकाले तत्काल रोक्न  गृहमन्त्री लामिछानेसामु माग गरे। स्थानीयको असहमति हुँदा पनि निर्माण नरोकिएको सिलवालको भनाइ छ। यसअघि स्वयं गृहमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए पनि सुनुवाइ नभएको स्थानीयको भनाइ छ।

गृहमन्त्री लामिछानेले मापदण्डविपरीत भए क्रसर उद्योग सञ्चालन गर्न रोक लगाउने आश्वासन दिए। उनले मापदण्ड पूरा गरेको छ कि छैन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरेको छ कि छैन बुझेर कारबाही अघि बढाउन प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई फोनमार्फत निर्देशन दिए।

उनले पालिकाले अनुमति दिँदा मापदण्ड पूरा गरेको छ कि छैन सबै प्रक्रिया बुझेर मापदण्डविपरीत भए निर्माण तत्काल रोक्न निर्देशन दिए। जवाफमा प्रमुख जिल्ला अधिकारी थापाले मंगलबारसम्म क्रसर उद्योग सञ्चालकलाई सबै प्रक्रियाको कागजात उपलब्ध गराउन समयसीमा दिइएको बताए। बस्तीको बीचमा क्रसर उद्योग निर्माण शुरू भएसँगै यहाँका स्थानीयले विरोध जनाउँदै आएका छन्।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान