कास्की निर्वाचन क्षेत्र नं १ (१) मा एमालेका खगराज अधिकारी विजयी

Friday November 25, 2022

पढ्न लाग्ने समय :


कास्की । नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारीको कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका छन् । माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका दीपक कोइरालासँगको फराकिलो मतान्तरले उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

अधिकारीले १५ हजार छ सय २३ मत मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कोइरालाले ११ हजार छ सय २७ मत प्राप्त गरे । प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भई स्वास्थ्य तथा गृहमन्त्री भइसकेका उनी यसपटक गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभामा चुनाव लडेका हुन् । विसं २०५१ र ७४ मा प्रतिनिधिसभामा निर्वाचित भइसक्नुभएका अधिकारी २०४८, ५६ र ०६४ को चुनावमा पराजित भएका थिए ।


भर्खर

कैलालीको चिसापानीमा जाल्पादेवी केबलकारको पोल ठड्याउने काम सुरु

कैलालीः आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती