कार्यसम्पादन परिणाममुखी बनाउन मन्त्री ज्वालाकाे निर्देशन

Thursday August 17, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कार्यसम्पादनलाई कर्मकाण्डी नभएर परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा आयोजित कार्यसम्झौतासम्बन्धी कार्यक्रममा मन्त्री ज्वालाले चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति गर्ने गरी काम गर्न निर्देशन दिए ।

“जबसम्म कार्यसम्पादन परिणाममुखी हुँदैन तबसम्म ९० प्रतिशत भौतिक प्रगति गर्न सक्दैनौँ”, उनले भने, “नीतिगत र व्यक्तिगत समस्या भए आउनुहोस् छलफल गरौँ तर झारा टार्ने उद्देश्यले काम नगर्नुहोस् ।”

मन्त्री ज्वालाले सचिव केशव शर्मासँग तथा सचिव शर्माले विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभयो । कार्यसम्पादन सम्झौता गर्दै सचिव शर्माले राजनीतिक नेतृत्व सरल, सहज र परिणाममुखी भएकाले ९० प्रतिशतको लक्ष्य पूरा हुने बताए । “काम गर्न कुनै प्रकारको बाधा छैन, हामी लक्ष्य भेट्टाउँछौँ”, सचिव शर्माले भने ।

यही साउन २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाबीच कार्यसम्पादन सम्झौता भएको थियो ।

प्रधानमन्त्रीसँगको सम्झौतापछि मन्त्री ज्वालाले सम्बन्धित पक्षसँग एक वर्षभित्र परिणाम ल्याउने गरी काम थाल्न सम्झौता गरेका हुन् ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान