कान्ति लोकपथमा यातायात सञ्चालनमा रोक

Thursday March 14, 2024

पढ्न लाग्ने समय :


मकवानपुर । काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडास्थित सडक मर्मतसम्भार गर्ने उद्देश्यले आज बिहानदेखि यातायात सेवामा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त सडक निर्माणका क्रममा चैत १ गतेदेखि विसं २०८१ वैशाख १५ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको सडक विभागले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई जानकारी गराएको जिप्रका मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।

उनका अनुसार, काठमाडौँ कान्ति लोकपथ हुँदै आउने सवारीसाधनलाई काठमाडौँको थानकोट–मकवानपुरको चित्लाङ हुँदै हेटौँडातर्फ आवतजावत गर्न अनुमति प्रदान गरिएको उल्लेख गरे । उक्त सडकमा हल्का सवारीसाधन दैनिक दुई हजारभन्दा बढी आवतजावत गर्ने गरेको भीमफेदी इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको