कानून निर्माणका सवालमा समितिले सरकारको ध्यानाकर्षण गराउन सकेनः सांसद भुसाल

Sunday December 8, 2024

पढ्न लाग्ने समय :


नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले कानून निर्माणका सवालमा संसदीय समितिले सरकारको ध्यानाकर्षण गराउन नसकेको भन्दै असन्तुष्टी जनाउनुभएको छ । आईतवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसद भुसालले यस्तो बताउनुभएको हो । उहाँले कानून निर्माण गर्ने प्रक्रिया नै कानून नबनाउने जस्तो देखिएको बताउनु भयो । उहाँले संविधान कार्यान्वयन गर्नको लागि आवश्यक कानून निर्माण गर्न नसकिएको उल्लेख गर्दै उहाँले बढीभन्दा बढी कानून निर्माण कसर िगर्न सकिन्छ भन्नेबारे छलफल गर्न आवश्यक रहेको बताउनु भयो । अहिलेकै अवस्थामा संविधान संशोधन गर्ने कुरा सम्भव नरहेको बताए । संविधान कार्यान्वयनको समिक्षा नै नगरि संशोधन गर्ने कुरा जनतालाई स्विकार नहुने उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘जम्मा २ वटा विधेयक आएका छन् । समतिबाट सरकारको ध्यानाकर्षण नै गर्न सकिएन । एउटा, पाटो यो छ । आफ्नै भोगको तीतो अनुभव के छ भने ११ महिना मन्त्रालयमा बस्दा एउटा विधेयक बनाउन सकिएन । हाम्रो कानून बनाउने प्रक्रिया नै कानून नबनाउने खालको प्रक्रिया भयो के । कानून त बनाए भयो नि । बिचमा केही समस्या आए फेरि संशोधन गर्न सकिन्छ । संविधान कार्यान्वयन गर्न कानून नबनेको अवस्थामा कसरि कानूनहरु निर्माण गर्न सकिन्छ यसमा चाहीँ सहकार्य गरौं । राष्ट्रिय सभाअन्तर्गत भएको हिसावले यो समिति पनि कानून निर्माणसँग जोडिएको छ । एकातिर चाँही संविधान संशोधन भन्ने अर्कोतिर संविधान कार्यान्वयनका लागि चाहिने काम चाँही नगर्ने कम भयो क्या । संविधान के मा संशोधन गर्ने ? संविधानको समिक्षा नगरि के मा संशोधन गर्ने ? अहिले बाहिरका नीतिहरु संशोधन हो भने त्यो सम्भव छैन । त्यो जनतले स्विकार गर्ने स्थिति छैन । अहिले संघीयकोबारे के गर्ने भने पनि आखिरमा संघीयता अस्वीकार हुने स्थिति त देखिँदैन नि फेरि पनि ।’

अहिलेको अवस्तामा संघीयतामाथि पुर्नविचार गर्न नसकिने पनि उहाँको भनाइ छ । त्यस्तै बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले तीनै तहका सरकार र समितिले पनि गर्नसक्ने कामहरु गन नसकेको बताउनु भयो । उहँले कानून मापन र निर्माण छुट्टै कुरा भएकाले विधेयकको लागि सरकारको मुख ताक्न नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘तीनै तहको सरकारले गर्नुपर्ने कामहरु नगरिरहेको स्थिति छ । हामीले पनि गर्न सक्ने कामहरु समितिबाट गर्न सकेनौं । हामीले पनि अब ऐन, कानूनको मापन गर्ने कुरा छुट्टै भयो तर हामी जसरि बजेटिङका लागि बाहिर निर्भर रह्यौं त्यो पनि गलत हो । अहिले कुनै न कुनै पार्टीले सरकार सञ्चालन गरिरहेका छौं त्यो पार्टीको आफ्नै भुमिका छ । तर हामीले मिलेर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ । हामी आफू काम गर्न नसक्ने अनि संघीयता गलत हो भनिदिने ?’

समितिमा सहभागि अधिकांश सांसदहरुले कानून निर्माणका सवालमा समिति अझै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि