काठमाडौंंको भृकुटीमण्डपमा सुदुरपश्चिमको मौलिक तथा सांस्कृतिक पर्व भुवा

Saturday January 11, 2025

पढ्न लाग्ने समय :


सुदुरपश्चिमको मौलिक तथा सांस्कृतिक पर्व भुवा भृकुटीमण्डपमा मनाएको छ । शनिबार बाजुरा सेवा समाजले काठमाडौंंको भृकुटीमण्डपमा सुदुरपश्चिमको मौलिक तथा सांस्कृतिक पर्व मनाएको हो । सुदूरपश्चिमका बाजुरा,अछाम, बझाङलगायतका पहाडी जिल्लामा यो पर्व पुसे औँसीको अघिल्लो दिन सुरु गरी मनाइने चलन रहेको छ । केहि वर्षदेखि राजधानीमा पनि मनाएको काठमाडौंको बाजुरा सेवा समाजका अध्यक्ष चेतन थापाले जानकारी दिनु भयो । उहाले द्वापर युगमा पाण्डवले कौरवमाथि विजय हासिल गरेपछि खुसियाली मनाएको दिनलाई स्मरण गर्दै भुवा खेल खेल्ने गरेको बताउनु भयो । त्यसैगरी सुदुरपश्चिमको मौलिक तथा सांस्कृतिक जर्गेना हुने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको दावी गर्नु भयो । उहाले यो खेलमा परम्परागत पहिरन लगाएर ढाल र तरबार नचाएर युद्धकौशल प्रदर्शन गरिने चलन रहेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रमका संयोजक भरतराज जोशीले बाजुराबाट बसाइँ सरी आएकाहरूको अगुवाइमा केही वर्षयता काठमाडौंमा भुवा खेल खेलेर भुवा पर्व मनाउँदै आएको बताउनु भयो । भुवा खेल्ने पुरुषले टाउकोमा पगरी, सेतो भोटो, जामा तथा कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो चादरजस्तो पहिरन र कतिपयले भने परम्परागत पोसाकविनै पनि भुवा खेल्छने गरेको बताउनु भयो । ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको भुवा खेलमा दमाहाको तालमा ढाल र तरबारले युद्धकला प्रदर्शन गर्ने बताउनु भयो ।

कार्यक्रममा महिला सहभागी सन्तोशी रावलले भुवा खेल पहिलो चोटी खेलेको बताउनु भयो । उहाले यो खेल खेल्दा रमाइलो भएको अनुभव सुनाउनु भयो । साथै पहिला पुरुषहरुले मात्र यो खेलिरहदा अव अरु महिलाहरुलाई पनि खेल्न आग्रह गर्नु भयो ।

सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै नभई कैलाली, कञ्चनपुरमा बसाइँसराइँ गरी आएकाहरूले केही वर्षयता तराईमा समेत भुवा पर्व मनाउने चलन रहेको छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि