काठमाडौँ महानगरको सहरी योजना आयोगको उपाध्यक्षमा राजभण्डारी नियुक्त

Thursday August 17, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमन नर्सिङ राजभण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

बिहीबार बालाजु बाइसधारामा बसेको नगर कार्यपालिकाको २१ औँ बैठकले उनलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पूर्व उपाध्यक्ष तपेन्द्रबहादुर खड्काले व्यक्तिगत कारण जनाउँदै पदबाट राजीनामा दिएपछि उपाध्यक्ष पद रिक्त थियो । काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्था बमोजिम रिक्त उपाध्यक्ष पदमा राजभण्डारीलाई नियुक्त गरिएको हो ।

डा. राजभण्डारीले इटालीको वासिलीकाटा मटेरा विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् । उनले स्नातकोत्तर पुल्चोक इन्जिनियरिङ् कलेजबाट गरेका छन् ।

उनले गौतम बुद्ध विमानस्थल निर्माणमा परियोजना प्रबन्धक भएर डिजाइन, विश्लेषण, पुनरावलोकन र अनुगमन निरीक्षकको काम गरेका थिए भने उनी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन, समीक्षा (रिभ्यु), सुपरिवेक्षणमा उनी थिए ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको