काठका भाँडा र सामाग्रीबाट स्वरोजगार बन्ने इच्छा

Sunday February 1, 2026

पढ्न लाग्ने समय :


धनगढी : दार्चुलाका प्रेम सिंह जाग्री धनगढीको सीप तथा रोजगार मेलामा फर्निचरको काम सिक्दै आएका छन। गाउँमा सामान्य फर्निचरको काम गर्दै आएका जाग्री थप सीप सिकेर व्यवसायी बन्ने योजनामा छन्।

उनले काठका झ्याल, ढोका, दराजसँगै भाँडाकुँडा बनाउन समेत सिक्न थाले। उनले भने, ‘म दार्चुलाबाट सिक्न आएको हुँ। पहिलो पटक फारम भरेको थिए। सीप सिकेर काम गर्ने हो। आफ्नै ठाउँमा काम गर्ने हो। दार्चुलामा सामान्य काम गरेको हो। नयाँ कुराहरू पनि सिक्दैछु। विदेश जाने सोच छैन। स्वदेशमै काम गर्ने योजना छ।’

नेपालमै स्वरोजगार बन्ने योजना बुनेका दार्चुलाका महेन्द्र सिंह धामी पनि सीप तथा रोजगार मेलामा सहभागी भएका छन्। दार्चुलामा पाइने सल्लो, उतिस लगायतका काठबाट सामाग्री बनाउदै आएका धामीले थप सीप सिकेर काठका भाँडाकुँडा बनाउने योजना बनाएका छन्। सीप सिक्नकै लागि दार्चुलाबाट आफू धनगढी आउनु भएको उनले बताए। दार्चुलाका ग्रामीण बस्तीहरुमा काठ पाउने भएकाले सीप सिके आफ्नै ठाउँमा उद्यमी बन्न सकिने उनको विश्वास छ। उनले भने, ‘सल्लो, उतिसको काठ पाउछ। झ्याल, ढोका, दराज बनाउन हुन्छ। सालको काठ महँगो छ। झ्याल, ढोका, दराज, टेबुल, बेन्च, काठका भाडा कुडाहरू बनाउन सिक्दैछु।’

कञ्चनपुरका भक्तबहादुर महरा लामो समयदेखि फर्निचरको काम गर्दै आएका छन। धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सीप तथा रोजगार मेलामा उनी प्रशिक्षकसमेत हुन्। काठका झ्याल, ढोका, दराज लागयतका सामाग्री बनाउदै आएका महरा काठका भाँडा पनि बनाउछन। कञ्चनपुरमा विजय सालका भाडा बनाएर बिक्री गर्दै उनले परिवारको खर्च जोहो गर्दै आएका छन्। विजयी सालसँग अन्य फलफूलका बिरुवाका काठबाट पनि गिलास, कचौरा, अम्खोरा, चौका, बेलना, डाडु लागयतका सामाग्री बताउदै आएको महराले बताए। उनले भने, ‘पहिलैबाट काम गर्दै आएको छ। चार वर्षदेखि भाँडाकुँडाको काम पनि गर्दै आएको छु। काठका भाँडाकुँडामा फाइदा हुन्छ। बिक्री हुन्छ। औषधी गुण भएकाले बिक्री हुने हो।’

धनगढीमा २२ किसिमका तालिममा दिन थालिएको छ। सुदूरपश्चिमका ६ सय जनालाई रोजगारमूलक तालिम दिन थालिएको हो।

 


भर्खर

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ