कांग्रेस-माओवादीको गोत्र मिलेको थिएन, गठबन्धन टुटेर राम्रो भयोः महिन्द्र राय

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादवले नेपाली कांग्रेसकै कारण गठबन्धन टुटेर एमालेसहितको सरकार बनेको दाबी गरेका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस गठबन्धन सरकारले राष्ट्रियता, राष्ट्रिय एकता, जनजीविका, सुशासन, संविधान, लोकतान्त्रिक गणतन्त्रलगायतका मुद्दालाई संस्थागत गर्ने बताए ।

विगतमा कांग्रेस–माओवादी मिलेर बनेको सरकारको गोत्र नै नमिलेको उनको टिप्पणी छ । उनले अहिलेको सरकार गोत्र मिलेको र प्राकृतिक रहेको उनले जिकिर गरे ।

‘कांग्रेससँग यो गठबन्धनको गोत्रो पनि मिल्दैन । यो मिलेको पनि थिएन । त्यसकारणले यतासँग गोत्रो मिलेको छ । यो प्राकृतिक गोत्रमा बनेको छ । यसले मुलुकको हित गर्छ । देशको राष्ट्रियता, एकता, जनजीविका, सुशासन, संविधान, लोकतान्त्रिक गणतन्त्र र मधेशको मुद्दाका लागि यो गठबन्धनको आवश्यकता छ । यही गठबन्धन मुलुकको लागि हितकर हो,’– उनले भने ।

कांग्रेसले सामाजिक सद्भाव विगार्ने काम गरेको उनले बताए । संविधानको रक्षाका लागि अहिलेको गठबन्धन बनेको बताए । कांग्रेसले आफूलाई धोका दिएपनि माओवादीले कहिले पनि धोका नदिएको उनको भनाइ छ ।


भर्खर

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्याे फिफा विश्वकपको उपाधि

काठमाडौं : अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित

धनगढीमा सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार गर्ने गिरोहका दुई भारतीयसहित ९ जना नियन्त्रणमा

धनगढी:  कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–४ स्थित एक फ्ल्याटबाट सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार (हुण्डी) सञ्चालन गरिरहेको

गौरीफन्टामा रुख ढल्दा रिक्सा चालक गम्भीर घाइते

धनगढी : नेपाल-भारत सीमा नाका गौरीफन्टामा रुख ढल्दा नेपाली रिक्सा चालक घाइते भएका छन्। शनिबार