कांग्रेसलाई ओलीको प्रश्नः पोहोर दुई महिना पनि नभई सरकार परिवर्तन गर्दा अस्थिरता भएन ?

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताको सुरुवात नेपाली कांग्रेसले गरेको टिप्पणी गरेका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पोहोर सरकार बनेको दुई महिना पनि नभई सरकार परिवर्तन गरेर कांग्रेसले अस्थिरताको सुरुवात गरेको उनको भनाइ छ । अहिले १४ महिनापछि सरकार परिवर्तन हुनुलाई अस्थिरताको संज्ञा दिन नहुने उनको भनाइ छ ।

‘अस्थिरताको खेती यहाँहरुले नै गर्नुभएको हो । पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दाखेरी तपाईँहरुलाई अस्थिरता लागेन, अहिले १४ महिनापछि सरकार परिवर्तन हुँदा के–को अस्थिरता भयो र ? पोहोर त अस्थिरता भएको थिएन त ? अस्थिरता नगरी तपाईँहरुले शान्तिपूर्ण ढंगले स्थिर ढंगले सरकार परिवर्तन गरेको होईन, दुई महिना नभई ? अहिले चाहीँ अस्थिरता ?’ उनले प्रश्न गरे ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको