कांग्रेसलाई ओलीको प्रश्नः पोहोर दुई महिना पनि नभई सरकार परिवर्तन गर्दा अस्थिरता भएन ?

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताको सुरुवात नेपाली कांग्रेसले गरेको टिप्पणी गरेका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पोहोर सरकार बनेको दुई महिना पनि नभई सरकार परिवर्तन गरेर कांग्रेसले अस्थिरताको सुरुवात गरेको उनको भनाइ छ । अहिले १४ महिनापछि सरकार परिवर्तन हुनुलाई अस्थिरताको संज्ञा दिन नहुने उनको भनाइ छ ।

‘अस्थिरताको खेती यहाँहरुले नै गर्नुभएको हो । पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दाखेरी तपाईँहरुलाई अस्थिरता लागेन, अहिले १४ महिनापछि सरकार परिवर्तन हुँदा के–को अस्थिरता भयो र ? पोहोर त अस्थिरता भएको थिएन त ? अस्थिरता नगरी तपाईँहरुले शान्तिपूर्ण ढंगले स्थिर ढंगले सरकार परिवर्तन गरेको होईन, दुई महिना नभई ? अहिले चाहीँ अस्थिरता ?’ उनले प्रश्न गरे ।


भर्खर

कैलालीमा जंगलभित्र युवतीकाे हत्या

धनगढी :  कैलालीकाे माेहन्याल गाउँपालिका- १ काे तल्लाेपानीमा जंगलभित्र एक युवतीकाे शव फेला परेकाे छ।

कैलाली-५ : साउँदको प्रतिबद्धता पत्र सार्वजनिक

धनगढी : प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र साउँदले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्।

धनगढीकाे बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने

धनगढी: कैलालीकाे धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने