काँग्रेस र एमालेले चाहँदैमा चाहेअनुसारको संविधान संशोधन हुन सक्दैनः सांसद पन्त

Saturday February 15, 2025

पढ्न लाग्ने समय :


नेकपा एमालेका सांसद रघुजी पन्तले काँग्रेस र एमालेले चाहँदैमा चाहेअनुसारको संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ ।  शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा रहेका असन्तुष्टिहरु अहिले आएर व्यक्त भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले अहिले आएर काँग्रेस र एमालेको दुई तिहाई पुग्छ संशोधनको प्रयास शुरु गरौँ भनेर पहलकदमी भइरहेको बताउनु भयो । उहाँले संविधान संशोधनका स्पष्ट बुँदाहरु बाहिर नआइसकेको पनि बताउनु भयो । उहाँले नेपालमा अहिलेसम्म बनेका संविधानहरु संशोधन नभइकन कुनै नबाँचेको बताउनु भयो । उहाँले संविधानलाई बचाउन पनि संशोधन आवश्यक रहेको बताउनु भयो । सरकारले ल्याएका अध्यादेशहरु राष्ट्रिय सभाबाट पारित हुन जटिलता उत्पन्न भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संविधानमा रहेको असन्तुष्टिहरु अहिले आएर व्यक्त हुन थालेका छन् । अब नेपाली काँग्रेस र एमालेलाई के लागेको छ भने दुई तिहाई पुग्छ भने संविधान संशोधन गरौँ भन्ने छ । यद्यपि त्यसमा धेरै होमवर्क भएर संविधान संशोधनका स्पष्ट बुँदाहरु बाहिर आइसकेका छैनन् । तर कतिपय कुराहरु संशोधन गर्न सकिन्छ भनेर गर्ने भनेर लागिएको छ । नेपालमा जुन संविधान संशोधन भएको छैन, त्यो संशोधन नभएको संविधान बाँचेको छैन । यो संविधानलाई बचाउन पनि संशोधन आवश्यक छ । हामी रिफर्म भएनौँ भने जान्छौँ । समयानुसार परिवर्तन हुनुपर्छ । संविधान पनि त्यही हो । संविधान संशोधन त्यति साह्रै सहज पनि देखिरहेको छैन । काँग्रेस र एमालेले चाहँदैमा चाहेकै जसरी संविधान संशोधन अघि बढ्ला भन्नेकुरामा प्रश्न छ । अध्यादेशकै विषयलाई लिएर राष्ट्रिय सभाको कम्पोज्सिनलाई लिएर कुनै पास हुने र कुनै नहुने खालको स्थिति देखिएको छ । छलफल जरुरी र संशोधनको दिशातिर सर्वसहमतिले गर्ने भन्ने हो ।’

सांसद पन्तले संविधान संशोधनको बहस र छलफल आवश्यक रहेको बताउनु भयो ।


भर्खर

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान

घोडाघोडी मन्दिरमा रेलिङ

धनगढी : जैविक विविधताले महत्त्वपूर्ण तथा प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र घोडाघोडी क्षेत्रमा सङ्घ, प्रदेश

सुदूरपश्चिममा बिसुपर्व मनाइँदै

वैशाख : हरेक वैशाख १ गते सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा विष मार्ने पर्वका रूपमा ‘बिसु’