काँग्रेसले मुस्ताङबाट खोल्यो खाता
पढ्न लाग्ने समय :
काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली काँग्रेसले जितको खाता खोलेको छ। काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनले ३३०७ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत ल्याए। त्यस्तै रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन्।