काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले एमालेसँग सहकार्य गर्नुस्, हामी खबरदारी गर्छौंः शेखर कोईराला

Sunday February 23, 2025

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले नेकपा एमालेसँग सहकार्य गरेपनि सरकारमा सहभागी नभएका काँग्रेस सांसदहरुले खबरदारी गर्नुपर्ने बताउनुभएको छ । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोईरालाले नेपाली काँग्रस सत्ता पक्ष भएपनि सरकारमा नरहेको अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिलाई लिएर कतिपयले काँग्रेस र एमालेबीच सत्ता सहकार्यमा खटपट शुरु भएको अनुमान गरेका थिए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सांसद कोईरालाले आफ्नो अभिव्यक्ति त्यस्तो भन्न खोजेको नभइ पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने तर बाहिर रहेका अन्य सांसदहरुले खबरदारी गरिरहनुपर्ने आशय आफ्नो रहेको स्पष्ट पार्नुभयो । उहाँले आगामी निर्वाचनमा पनि एमाले नै काँग्रेसको प्रतिष्पर्धी हुने भएकाले बाहिर रहेका सांसदहरुले सरकारलाई गलत काम गर्न नदिन खबरदारी गर्नुपर्ने आफ्नो अभिव्यक्तिको आशय भएको बताउनु भयो ।

०८२ मंसिरभित्र अधिवेशन नभए देश, लोकतन्त्र र काँग्रेस अफ्ठ्यारोमा पर्छ
नेता कोईरालाले ०८२ को मंसिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताहरुको चाहना रहेकाले तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको बताउनु भयो । तोकिएको समय भन्दा पछि धकेलेर अधिवेशन गरे काँग्रेस, लोकतन्त्र र देश कमजोर हुने बताउनु भयो ।

सांसद कोईरालाले भन्नुभयो, ‘नेपाली काँग्रेसको महाधिवेशन ०८२ मंसिरभित्र हुनुपर्छ भन्ने हामी नेपाली काँग्रेसका धेरै कार्यकर्ताहरुको इच्छा छ । ४ वर्षभित्र महाधिवशेन गर्नुपर्छ भन्ने हाम्रो विधानमा छ । तर केही कारणवश रोकियो भने एक वर्ष नेपाली काँग्रेसको विधानले रोक्न सक्नेछ । तर कुनैपनि हालतमा ०८४ को निर्वाचनपछि महाधिवेशन गर्ने केही साथीहरुको तर्क छ, त्यसले नेपाली काँग्रेसलाई कमजोर बनाउँछ, लोकतन्त्र र देशलाई कमजोर बनाउँछ । नेपाली काँग्रेसमा ग्रुपिजमहरु छ । अधिवेशनको बेलामा प्यानलहरु बन्छ तर यो कुराहरु अहिले धेरै छिटो भयो भन्ने लाग्छ । मैले त्यसरी भन्न खोजेको होइन । हामी एमाले र नेपाली काँग्रेसको सरकार छ । करिव करिव दुई तिहाईको सरकार छ । दुई तिहाईको सरकार चलाउँदा नेपाली काँग्रेस कतै अफ्ठ्यारोमा त पर्दैन भन्ने एउटा छ । हाम्रो भोलिको प्रतिष्पर्धी पनि को हो भन्दा एमाले नै हुन्छ । जो साथीहरु मन्त्रीमण्डलमा सरकारमा जानुभएको छ, ति साथीहरुले एमालेसँग सहकार्य गर । हामी जो बाहिर छौँ, सत्ता पक्षमा छाँै तर बाहिर छौँ । हामी प्रतिष्पर्धी एमाले नै हुन्छ, भोलिको निर्वाचनमा पनि । हामीले खबरदारी गरिरहनु पर्छ यो सरकारलाई ता की सरकारले राम्रो काम मात्रै गरोस्, गलत काम नगरोस् भन्ने हो ।’

सांसद कोईरालाले सरकारलाई खबरदारी गर्नु आफूहरुको दायित्व भएको बताउनु भयो ।


भर्खर

धनगढीमा एक जनाले गरे श्रीमतीको हत्या

धनगढी :  धनगढीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र