कला र फोटोग्राफीलाई न्याय गर्नसक्ने छुट्टै ऐन आवश्यकः राष्ट्रिय फोटो पत्रकार समूह

Friday January 10, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय फोटो पत्रकार समूहले कला र फोटोग्राफीलाई न्याय गर्नसक्ने छुट्टै ऐन बनाउन माग गरेको छ । शुक्रवार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा कला र फोटोग्राफीमा प्रतिलिपी अधिकार विषयक अन्तरक्रिया कार्यक्रम गरी यस्तो माग गरेको हो । समूहले श्रम ऐन र पत्रकारहरुका लागि भनेर श्रमजीवि पत्रकार ऐन, २०५१ बनाएपनि यसले कला र फोटो पत्रकारीताको अधिकार सुनिीश्चत गर्न नसकेको पत्रकार महासंघका एशोसिएट प्रदेश अध्यक्ष रोयल आचार्यले बताउनु भयो । उहाँले कला र फोटो पत्रकारहरुका समस्या र मुद्दाहरु बोक्नसक्ने छुट्टै ऐन बनाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले श्रमको कुरा गर्दा दुई वटा ऐन छ । श्रम ऐन र पत्रकारहरुका लागि भनेर श्रमजीवि पत्रकार ऐन, २०५१ भनेर छुट्टै ऐन छ । ऐन नभएको होइन । प्रतिलिपि सम्बन्धी ऐन छ । तर त्यो ऐनले हाम्रा समस्या र मुद्दाहरु बोक्न सकेको छैन । कला र फोटोग्राफीको एजेण्डा बोक्ने, न्याय गर्नसक्ने छुट्टै एउटा कानून चाहन्छि ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले फाटोग्राफरले आफ्नो स्म्पतीको सुरक्षा सर्वप्रथम आफैँले गर्नुपर्ने बताउनु भयो । अहिले विभिन्न प्रविधिहरु आइसकेको भन्दै त्यसमा आफ्नो फोटो प्रमाणित हुनेगरी राख्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘फाटोग्राफर साथीहरुले हाम्रो सम्पती हामी आफैँले सुरक्षित गर्नुपर्छ । मैले खिचेको हो यो फोटो भन्नेमा हामी फोटो पत्रकारहरु नै पहिला सजग हुनुपर्छ । प्रविधिको प्रयोग गरेर हामीले फोटो आफ्नो हो भन्ने प्रमाणित गर्न सक्नुपर्छ ।’शुक्रवार काठमाडौंमा ललितकला प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनमा एकदिने अन्तरक्रिया कार्यक्रम भएको हो ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ