कर्णाली याक्स दोस्रो क्वालिफायरमा

Wednesday December 18, 2024

पढ्न लाग्ने समय :


कर्णाली याक्सले बुधवार चितवन राइनोजलाई हराउँदै नेपाल प्रिमियर  लिग(एनपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । तीन ब्याटरको उत्कष्ट प्रदर्शनमा कर्णालीले चितवनमाथि २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । त्रिवि क्रिकेट मैदानमा १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र जोड्न सफल भयो ।  लिगमा पनि कर्णालीले चितवनलाई हराएको थियो । प्लेअफमा पनि कर्णालीले आफ्नो विजययात्रा जारी राख्यो । चुनौतिपूर्ण लक्ष्य पछ्याएको कर्णालीको सुरुआत राम्रो शुरुवात हुन सकेन । ओपनर हसन इसाखिल १ रनमा नै आउट भए । अर्का ओपनर विपिन रावल पनि १८ रनमै पेभेलियन फर्किए ।
अनुभवी बलर सोमपाल कामीले दुवै ओपनरलाई आउट गरेका हुन् । लुक बेन्केनस्टेइन पनि १६ रनमा नै पभेलियन फर्किए । चितवनले पावर प्लेमा ४७ रन जोड्यो तीन विकेट गुमायो । त्यसपछि अनुभवी अलराउण्डर रवि बोपाराले इनिङ समाले । कप्तान कुशल मल्लसँग उनले चौथो विकेटका लागि ३६ रनको साझेदारी गरे । तर युवा स्पिनर विपिन शर्माले कुशललाई २१ रनमा बोल्ड गर्दै साझेदारी तोडे । यससँगै १०.५ ओभरमा चितवन ८३÷४ को स्थितिमा पुग्यो । त्यसपछि कुनैपनि ब्याटरले रविलाई साथ दिन सकेनन् ।
सन्तोष कार्की ८, सोहेल तनभिर ४ र अमर रौटेला ९ रनमै पभेलियन फकिए । १५ बलमा सन्तोषले कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेनन् । विशाल लक्ष्य पछ्याएको चितवनमाथि दबाब प¥यो । १८.५ ओभरमा रवि ५३ रनमा बाउन्ड्री लाइनमा क्याच हुन पुगे । यससँगै कर्णालीले खेलमा पूर्ण दबाब बनायो । नन्दन यादवले रविलाई गुलसन झाद्वारा क्याच गराएका हुन् । रविले ३४ बलमा तीन चौका र चार छक्का हिर्काए । शरद भेषावकरले १० रनमा अविजित रहँदा रिजन ढकाल ७ रनमा रनआउट भए । कर्णालीको बलिङमा जिसान मक्सुदले तीन तथा कप्तान सोमपाल र नन्दन यावदले समान दुई विकेट लिए ।
विपिनको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले पूरै ओभरमा ६ विकेट गुमाउँदै १७५ रनको योगफल बनायो । तीन ब्याटर चम्किँदा कर्णालीले राम्रो योगफल बनाउन सफल भएको हो । ओपनर तथा डेब्युटेन्ट जयकिसन कोल्सावाल र विलियम बोसिस्टोले अर्धशतक बनाउँदा विकेटकिपर चाडविक वाल्टनले अक्रामक ब्याटिङ गर्दै कर्णालीलाई राम्रो स्थितिमा पु¥याएका हुन् । दोस्रो ओभरमै ओपनर रित गौतमलाई शुन्यमा नै आउट हुँदा कर्णालीको शुरुवात राम्रो हुन सकेन । तर डेब्यु गरेका कोल्सावालाले इनिङ समाले । उनले दोस्रो विकेटका लागि जिसानसँग २९ रनको साझेदारी गरे ।
शरद्ले जिसानलाई १४ रनमा आउट गरे । उनले १२ बलमा समान एक चौका र छक्का प्रहार गरे । पावर प्लेमा कर्णालीले दुई विकेट गुमाउँदा ४९ रन जोड्यो । तेस्रो विकेटका लागि कोल्सावाला र विलियमबीच ५९ रनको साझेदारी बन्यो । १३ औं ओभरमा कोल्सावा ५३ रनमा आउट भए । उनलाई सोहेल तनभिरले बोल्ड गरेका हुन् । ३९ बलमा कोल्सावालाले ६ चौका र दुई छक्का हिर्काए । लगत्तै १४औं ओभरमा कुशल मल्लले गुलसनलाई शून्यमा बोल्ड गरे । त्यसपछि विलियम र वाल्टनबीच पाँचौं विकेटका लागि ६१ रनको साझेदारी भयो ।
१९ औं ओभरमा विलियम ५२ रनमा तनभिरद्वारा बोल्ड भए । उनले ३९ बलमा तीन चौका र दुई चौका हिर्काए । वाल्टनले २३ बलमा ४६ रन जोड्दा चार चौका र तीन छक्का प्रहार गरे । चितवनको बलिङमा सोहेलले दुई तथा शरद, रवि र कुशलले समान एक विकेट लिए । अमरले तीन ओभरमा १७ रन खर्चिए पनि विकेट लिन सकेनन् ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि