कम्युनिष्ट आन्दोलनको गम्भिर समिक्षा गर्ने बेला आएको छः प्रकाण्ड

Wednesday November 20, 2024

पढ्न लाग्ने समय :


नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकमाले मुलुकको वर्तमान संसदीय व्यवस्थाले देशलाई गम्भिर परिस्थितिको भुमरिमा धकेलेको बताउनुभएको छ । बुधवार पार्टीको ११ औँ पुनर्गठन दिवसको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले विश्वको सबैभन्दा लोकतान्त्रिक संविधानको भनि प्रचार गरिएको संविधान निर्माणपछि भएका निर्वाचनले देशमा आर्थिक र सामाजिक संकटतर्फ धकेलेको टिप्पणी गर्नुभएको हो । उहाँले नेपालमा कम्युनिष्ट आन्दोलन शुरु भएको ७५ वर्ष पूरा भएपनि कम्युनिष्ट आन्दोलनका उद्देश्यहरु अmझै सफल नभएको बताउनु भयो । उहाँले कम्युनिष्ट विचार भनेको दुनियाँको सबैभन्दा वैज्ञानिक र अग्रगामी विचार भएपनि नेपालमा यसले सार्थकता नपाएको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनको इतिहासको गम्भिर समिक्षा गर्ने बेला भएको बताउनु भयो । नेपालको सामन्ती, दलाल पूँजीवादी वर्गले नेपाली जनतामाथि राज्यसत्ताद्वारा शासन गरिरहेको उल्लेख गर्दै उहाँले आफूहरुले त्यसका विरुद्ध विगत १० वर्षदेखि निरन्तर संघर्ष गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालमा कम्युनिष्ट आनदोलनको कोणबाट हेर्नुभयो आज नेपालमा ७५ वर्ष पूरा भएका छन् । तर कम्युनिष्ट आन्दोलनका उद्देश्यहरु अmभैm सफल भएका छैनन् । यसभित्र सकारात्मक र नकारात्मक दुवै पक्षहरु छन् । तर हामीले कम्युनिष्ट आन्दोलनको गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको छ । ७५ वर्षसम्म नेपालमा कम्युनिष्ट आन्दोलन किन सार्थक बन्न सकेन ? किन नेपाली जनताले मक्ति पाउन सकेनन् ? आफ्नो राज्य र साशन व्यवस्था स्थापना गरेर स्वाधिन बनाउन सकेन ? कम्युनिष्ट विचार भनेको दुनियाको सबैभन्दा बैज्ञानिक र अग्रगामी विचार हो । कम्युनिष्ट विचार वैज्ञानिक हुँदाहुँदै पनि हामी अझै संघर्ष गरिरहेका छौं ।  विगत १० वर्षलाई हेर्ने हो भने नेपाल कम्युनिष्ट पार्टी र यसले शुरु गरेको एकीकृत जनक्रान्ति यो देशको विकल्प बनेको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नामको दलाल संसदीय व्यवस्था स्थापना गरेको धेरै समय भएको छैन । यस संसदीय व्यवस्थाले देशको टाट उल्ट्यो र देशलाई पनि गम्भिर परिस्थितिको भुमरिमा धकेलिदिएको छ । यसलाई संघीय लोकतान्त्रि गणतन्त्रात्मक देश भनिएको छ । संविधानको दिशा निर्देशमा यो राज्य निर्माण भएको छ र चलिरहेको छ । यसलाई विश्वको सबैभन्दा लोकतान्त्रिक संविधान जामा लगाइएको छ । तर पछिल्लो दिनमा कम्युनिष्ट पार्टीले जनतामा ठूलो आशा ल्याएको छ ।’

उहाँले पत्रकार सम्मेलनमा पार्टीको ११ औं पुनर्गठन दिवसका अवसरलाई विभिन्न उत्सव एवं कार्यक्रम गरी मनाउने बताउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको