कम्युनिष्ट आन्दोलनको गम्भिर समिक्षा गर्ने बेला आएको छः प्रकाण्ड

Wednesday November 20, 2024

पढ्न लाग्ने समय :


नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकमाले मुलुकको वर्तमान संसदीय व्यवस्थाले देशलाई गम्भिर परिस्थितिको भुमरिमा धकेलेको बताउनुभएको छ । बुधवार पार्टीको ११ औँ पुनर्गठन दिवसको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले विश्वको सबैभन्दा लोकतान्त्रिक संविधानको भनि प्रचार गरिएको संविधान निर्माणपछि भएका निर्वाचनले देशमा आर्थिक र सामाजिक संकटतर्फ धकेलेको टिप्पणी गर्नुभएको हो । उहाँले नेपालमा कम्युनिष्ट आन्दोलन शुरु भएको ७५ वर्ष पूरा भएपनि कम्युनिष्ट आन्दोलनका उद्देश्यहरु अmझै सफल नभएको बताउनु भयो । उहाँले कम्युनिष्ट विचार भनेको दुनियाँको सबैभन्दा वैज्ञानिक र अग्रगामी विचार भएपनि नेपालमा यसले सार्थकता नपाएको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनको इतिहासको गम्भिर समिक्षा गर्ने बेला भएको बताउनु भयो । नेपालको सामन्ती, दलाल पूँजीवादी वर्गले नेपाली जनतामाथि राज्यसत्ताद्वारा शासन गरिरहेको उल्लेख गर्दै उहाँले आफूहरुले त्यसका विरुद्ध विगत १० वर्षदेखि निरन्तर संघर्ष गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालमा कम्युनिष्ट आनदोलनको कोणबाट हेर्नुभयो आज नेपालमा ७५ वर्ष पूरा भएका छन् । तर कम्युनिष्ट आन्दोलनका उद्देश्यहरु अmभैm सफल भएका छैनन् । यसभित्र सकारात्मक र नकारात्मक दुवै पक्षहरु छन् । तर हामीले कम्युनिष्ट आन्दोलनको गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको छ । ७५ वर्षसम्म नेपालमा कम्युनिष्ट आन्दोलन किन सार्थक बन्न सकेन ? किन नेपाली जनताले मक्ति पाउन सकेनन् ? आफ्नो राज्य र साशन व्यवस्था स्थापना गरेर स्वाधिन बनाउन सकेन ? कम्युनिष्ट विचार भनेको दुनियाको सबैभन्दा बैज्ञानिक र अग्रगामी विचार हो । कम्युनिष्ट विचार वैज्ञानिक हुँदाहुँदै पनि हामी अझै संघर्ष गरिरहेका छौं ।  विगत १० वर्षलाई हेर्ने हो भने नेपाल कम्युनिष्ट पार्टी र यसले शुरु गरेको एकीकृत जनक्रान्ति यो देशको विकल्प बनेको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नामको दलाल संसदीय व्यवस्था स्थापना गरेको धेरै समय भएको छैन । यस संसदीय व्यवस्थाले देशको टाट उल्ट्यो र देशलाई पनि गम्भिर परिस्थितिको भुमरिमा धकेलिदिएको छ । यसलाई संघीय लोकतान्त्रि गणतन्त्रात्मक देश भनिएको छ । संविधानको दिशा निर्देशमा यो राज्य निर्माण भएको छ र चलिरहेको छ । यसलाई विश्वको सबैभन्दा लोकतान्त्रिक संविधान जामा लगाइएको छ । तर पछिल्लो दिनमा कम्युनिष्ट पार्टीले जनतामा ठूलो आशा ल्याएको छ ।’

उहाँले पत्रकार सम्मेलनमा पार्टीको ११ औं पुनर्गठन दिवसका अवसरलाई विभिन्न उत्सव एवं कार्यक्रम गरी मनाउने बताउनु भयो ।


भर्खर

कैलालीको लम्कीमा बन्द महेन्द्र राजमार्ग खुल्यो

धनगढीः कैलालीको लम्की क्षेत्रमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको घटनापछि स्थानीयले

‘धनगढी दौडीन्छ’ हाफ म्याराथन बैशाख १८ मा हुने

धनगढीः धनगढी जेसिजद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको ‘धनगढी दौडीन्छ’ कार्यक्रमको मिति यस वर्ष परिवर्तन

कैलालीको कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनीः कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी