कञ्चनपुरमा ११ जना जुवाडे पक्राउ

Wednesday June 17, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुरः कञ्चनपुरमा ११ जना जुवाडे पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१८ भगतपुर स्थित ४३ वर्षीय कृष्ण प्रसाद चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा निज कृष्ण प्रसाद चौधरीसहित ११ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जुवातास खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ८० रुपैँया र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक