कञ्चनपुरमा सशस्त्र प्रहरीका दुई बीओपीसहित ५२ घर डुबानमा

Monday September 1, 2025

पढ्न लाग्ने समय :


कञ्चनपुरमा सशस्त्र प्रहरीका दुई बीओपीसहित ५२ घर डुबानमा परेका छन् । अविरल वर्षापछि जोगबुडा नदीको बाढी पस्दा सशस्त्र प्रहरीका दुई बीओपी र ५२ घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधाराचाँदनी नगरपालिका–७ र वडा नम्बर १० मा रहेको सशस्त्र प्रहरीको बीओपी डुबानमा परेको बताउनु भयो । बीओपी डुबानमा परेपछि दुवै पोष्टमा कार्यरत ५२ जना सशस्त्र प्रहरीहरुले प्रयोग गर्ने सरसामान, खाद्यान्न लगायतका सामाग्री सुरक्षित स्थानमा सारिएको छ ।
उहाँकाअनुसार वडा नम्बर ७ को बीओपीका सशस्त्र प्रहरीसहित सामानसहित स्थानीय सहरी खोप केन्द्र र वडा नम्बर १० को २३ जनालाई ओमबार आधारभूत विद्यालयमा सारिएको छ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएपनि बाढीमा फसेकाहरुको उद्दार लगायतका काममा समेत खटिएको प्रहरीले जनाएको छ ।

यस्तै, दोधाराचाँदनी नगरपालिका–८ को रामपुरे टापुका डुबानमा परेका २५ घरका ७० जनालाई जनज्योती माध्यमिक विद्यालय, वडा नम्बर ३ को पटराखल्लाका १५ घरका ५५ जनालाई जमुना आधारभूत माध्यमिक विद्यालय, वडा नम्बर १० को शान्ति टोलका १२ घरका ४० जनालाई अम्बिका माध्यमिक विद्यालयमा राखिएको डीएसपी बोहराले बताउनु भयो ।

उहाँकाअनुसार महाकाली नदीमा पानीको सतह नघटेका कारण चार पाङ्ग्रे सवारीसाधनको आवागमन भने रोकिएको छ । साँझपखको अपडेटअनुसार नदीमा पानीको बहाब केही घटेर दुई लाख तीन हजार आठ सय ३० क्युसेक पुगेको छ । सोही कारण शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारी साधन गुडाउन रोक लगाईएको छ ।


भर्खर

कैलालीमा जंगलभित्र युवतीकाे हत्या

धनगढी :  कैलालीकाे माेहन्याल गाउँपालिका- १ काे तल्लाेपानीमा जंगलभित्र एक युवतीकाे शव फेला परेकाे छ।

कैलाली-५ : साउँदको प्रतिबद्धता पत्र सार्वजनिक

धनगढी : प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र साउँदले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्।

धनगढीकाे बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने

धनगढी: कैलालीकाे धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने