कञ्चनपुरमा वृद्धा आमाको हत्यापछि फरार भएका श्रेष्ठ भारतबाट पक्राउ

Thursday March 19, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरमा वृद्धा आमाको हत्यापछि फरार भएका हरिप्रसाद श्रेष्ठ भारतबाट पक्राउ परेका छन्। जिल्लाको दोधाराचाँदनी नगरपालिकामा सौतेनी आमा र बहिनीमाथि खुकुरी प्रहार फरार भएका श्रेष्ठ पक्राउ परेका हुन्। उनले वृद्धा आमाको हत्या गरेका थिए भने, अर्की एक जनालाई गम्भीर घाइते बनाएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मङ्गलवार साँझ दोधाराचाँदनी नगरपालिका वडा नम्बर ४ सुर्खेती टोलका करिब ५५ वर्षीय श्रेष्ठले आफ्नै सौतेनी आमा ७५ वर्षीया बिन्द्रा श्रेष्ठको हत्या गरेका हुन्। साथै ५० वर्षीया भगवतीदेवी माझीलाई गम्भीर घाइते बनाएका थिए।

घटनापछि फरार रहेका श्रेष्ठलाई खोज्ने क्रममा नेपाल प्रहरी र भारतीय सुरक्षाकर्मीको समन्वयमा भारतको बरेलीमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउपछि उनलाई कानुनी प्रक्रिया अनुसार नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

घाइते भगवतीदेवी माझीलाई सुरुमा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार गरिएको थियो। तर अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि भारतको भोजिपुरा लगिएको छ।

प्रहरीका अनुसार पुरानो जग्गा–जमिन विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


भर्खर

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण