कञ्चनपुरमा लागुऔषधसहित ६ जना पक्राउ

Sunday April 19, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरमा लागूऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न तीन स्थानबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।
बेलौरी नगरपालिका–१० सडकघाटमा प्रहरी चौकी भुँडाबाट खटिएको टोलीले सु.प.प्र.०१–०१३ प.२६८१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा पुनर्वास न.पा.–३ का २४ वर्षीय विजय गिरी, वडा नं ७ का २१ वर्षीय अमन तामाङ र चितवन भरतपुरका २४ वर्षीय रोहन बिकलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट २ ग्राम १९० मिलिग्राम खैरो हेरोइन र ५ पिस ट्रमाडोल क्याप्सुल बरामद गरिएको छ ।
यस्तै, नगरपालिका–५ को पैसठ्ठी बिघाबाट पनि लागूऔषधसहित थप दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा प्रदेश ३–०९२ प १११ नम्बरको मोटरसाइकलमा सवार २० वर्षीय रोहन तामाङ र २२ वर्षीय वीरेन्द्र राना रहेका छन् ।
उनीहरूको साथबाट ९ ग्राम ४३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो महेन्द्रनगरको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
कृष्णपुर नगरपालिका–९ राजघाटबाट ३१ वर्षीय अनिल रानालाई ५८ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार