कञ्चनपुरमा माघ महिनामा एक महिलासहित ४९ जना पक्राउ
पढ्न लाग्ने समय :
धनगढी : कञ्चनपुरमा माघ महिनामा लागू औषध दुव्र्यशन र ओसारपसार गरेको आरोपमा एक महिला सहित ४९ जना पक्राउ परेका छन्।
प्रहरीले करिब ५५ ग्राम खैरो हेरोइन तथा विभिन्न किसिमका लागू औषध समेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार माघ महिनामा लागू औषध सम्बन्धी विभिन्न घटनामा ५५ ग्राम खैरो हेरोइन, ५० पिस एम्पुल, २० थान क्याप्सुल र २९ थान ट्याब्लेट बरामद गरिएको छ।
कैलाली, कञ्चनपुर लगायतका सीमावर्ती जिल्लाहरूमा खुला सिमानाका कारण भारतबाट दिनहुँ ठूलो परिमाणमा लागू औषध भित्रिने गरेको छ।