कञ्चनपुरमा भूमि आयोगले वितरण गर्यो ९६ परिवारलाई लालपुर्जा

Tuesday May 12, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुरः कञ्चनपुरमा ९६ परिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति कञ्चनपुरले चार हजार ९८५ लगत सङ्कलन गरिएकोमा आयोग विगठन हुनुपूर्व ९६ परिवारलाई पुर्जा वितरण गरिएको जनाएको हो ।
भूमि समस्या समाधान आयोग जिल्ला समितिका अनुसार सबैभन्दा बढी बेदकोट नगरपालिकामा ९१ पुर्जा वितरण गरिएको छ । सो कार्यालयका प्रमुख नेत्रप्रकाश पन्तले आयोगका काम अनियमित हुँदा बेदकोटमा एक हजार ७० लगत सङ्कलन गरिएकोमा ९१ पुर्जा वितरण गर्न सफल भएको बताए।
बेदकोट नगरपालिकामा ३०८ भूमिहीन दलित, २०५ भूमिहीन सुकुमवासी र नौ हजार २१ अव्यवस्थित बासोबासी गरेर नौ हजार ५३४ भूमिहीन परिवार रहेका छन् । त्यसै गरी बेलडाँडी गाउँपालिकाका पाँच परिवारलाई पुर्जा वितरण गरिएको पन्तले बताए। उनले बेलडाँडी गाउँपालिकामा ३८ लगत सङ्कलन गरिएकोमा सात पुर्जा तयार गरिए पनि पाँच पुर्जा वितरण गर्न सकिएको बताए। बेलडाँडी गाउँपालिकामा चार हजार ४०३ अव्यवस्थित बासोबासी, १९५ भूमिहीन सुकुमवासी र १५७ परिवार भूमिहीन दलित गरेर चार हजार ७५५ परिवार भूमिहीन रहेको उनले बताए।
विसं २०८१ चैतमा आयोगले पूर्णता पाए पनि सुशीला कार्की सरकारले गत २३ असोजको मन्त्रीपरिषद् बैठकमार्फत भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो तर गत कात्तिक १२ गते सर्वोच्च अदालतले सो निर्णय बदर गरेपछि पुनः लालपुर्जा वितरणको काम अगाडि बढाइए पनि गत २२ गते वर्तमान सरकारले नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ जारी गरेसँगै आयोग विगठन भएको हो । आयोग विगठन भएपछि राजस्व बुझाएका चार सय परिवार लालपुर्जाबाट वञ्चित भएका छन् ।
आयोग विगठन गरिएपछि भीमदत्त नगरपालिकामा २०८ पुर्जा, कृष्णपुर नगरपालिकाका ८० पुर्जा र दोधाराचाँदनी नगरपालिकाका १०२ तयार पुर्जा वितरणको काम अलपत्र परेको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिले चार हजार ९८५ लगत सङ्कलन गरेकोमा अन्तिम निर्णय भएर चार सय पुर्जा वितरणका लागि मालपोतमा पठाउने काम बाँकी रहेको उनले बताए। तर आयोग विगठन भएसँगै तयार भएका ती पुर्जा वितरणको काम भने रोकिएको कार्यालयका प्रमुख पन्तले बताए।
जिल्लामा दुई हजार ७७२ भूमिहीन दलित, चार हजार ६८ भूमिहीन सुकुमवासी र ६७ हजार ७६४ अव्यवस्थित बसोबासी रहेका छन् । दोधाराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले ९९ परिवारलाई पुर्जा वितरणको काम अन्तिम चरणमा रहे पनि पुर्जा वितरण गर्न नसकिएको बताएका छन्।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा