कञ्चनपुरमा बेपत्ता किशोरी खोलामा मृत भेटिइन्

Friday July 3, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकामा खोलामा आएको एक्कासी बाढीले बगाएकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। नगरपालिका–९ निवासी अन्दाजी १५ वर्षीया गरिमा तिरुवा बिहीबार साँझ बेपत्ता भएकी थिइन्। उनको शव शुक्रबार बिहान घटनास्थलबाट करिब ५ सय मिटर तल बेलौरी–रतनपुर नाला क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार गरिमा स्थानीय प्रेम महरको खेतमा रोपाइँ सकेपछि दिदीबहिनीसहित ६/७ जनाको समूहमा नजिकैको झरना खोलामा नुहाउन गएकी थिइन्। सोही क्रममा एक्कासी खोलामा पानीको बहाव बढेपछि उनी बगेर बेपत्ता भएकी हुन्।

गरिमासँगै रहेका दुई जना खोलाको बीचतिर पौडी खेल्न गएका थिए। गरिमालाई पौडी खेल्न नआउने भएकाले उनी बाढीको बहावमा परेकी थिइन्। उनीसँगै रहेका प्रियंका, स्मृतिलगायत साथीहरूले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्।

घटनापछि उनीहरूले तत्काल परिवार, स्थानीयवासी र प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले बिहीबार रातिसम्म खोजी गरेका थिए। राति खोजी स्थगित गरी शुक्रबार बिहान पुनः खोजी सुरु गरिएको थियो।

इलाका प्रहरी कार्यालय बेलडाँडी, सशस्त्र प्रहरी बलका भुडा र पचुईस्थित बीओपीबाट विपद् उद्धार तालिम प्राप्त सुरक्षाकर्मीसहित करिब ३० जनाको टोली र स्थानीयवासीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए। खोजीकै क्रममा शुक्रबार बिहान गरिमाको शव फेला परेको प्रहरीले जनाएको छ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक