कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

Sunday February 1, 2026

पढ्न लाग्ने समय :

फाईल फोटो

धनगढीः कञ्चनपुरमा एक युवतीको शव फेला परेको छ। भीमदत्त नगरपालिका– १० तिल्केनीस्थित शान्ति सामुदायिक वनमा युवतीको शव भेटिएको हो।

अर्धनग्न अवस्थामा वनभित्रको खोजा नजिक २५ वर्षमुनिकी युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालय प्रमुख प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले मृत फेला परेकी युवतीको सनाखत हुन सकेको छैन। ‘शव षड्न लागेको अवस्थामा भेटिएको छ,’ प्रहरी उपरीक्षक खत्रीले भने, ‘१०–१५ दिनअघिको घटना हुनसक्छ।’

प्रहरी उपरीक्षक खत्रीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। स्थानीयले युवतीको शरीरमा चोटपटक देखिएकोले घटना शंकास्पद भएको बताएका छन्।

 


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ