कञ्चनपुरका स्थानीय तहको बेरुजु १३ करोडभन्दा बढी

Wednesday June 3, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुर : नौ स्थानीय तह रहेका कञ्चनपुरमा आर्थिक वर्ष २०८१/८२ मा १३ करोड रुपियाँभन्दा बढी बेरुजु आएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ प्रतिवेदनमा आव २०८१/८२ मा यहाँका नौ वटा स्थानीय तहको बेरुजु १३ करोड ८३ लाख १४ हजार रुपियाँ रहेको छ । जबकी अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यहाँका स्थानीय तहको बेरुजु ४० करोड ६० लाख ७१ हजार रुपियाँ थियो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा लालझाँडी गाउँपालिको बेरुजु अत्यधिक रहेको छ । सो पालिकाको १० अर्ब ३१ करोड ८४ लाख तीन हजार रकमको लेखा परीक्षण गरिएकोमा दुई करोड १९ लाख ७४ हजार रुपियाँ अर्थात् २.१३ प्रतिशत बेरुजु देखिएको छ ।
त्यसै गरी भीमदत्त नगरपालिकामा चार अर्ब १९ करोड ७९ लाख ६९ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा पाँच करोड ३९ लाख एक हजार अर्थात् १.२ प्रतिशत बेरुजु रहेको छ । भीमदत्तमा आव २०८०/८१ मा १५ करोड एक लाख ६८ हजार रुपियाँ बेरुजु रहेको थियो । बेदकोट नगरपालिकाको आव २०८१/८२ को १८ खर्ब ८८ करोड दुई लाख सात हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा १६ करोड ५० लाख आठ हजार रुपियाँ बेरुजु रहेको छ । जुुन ०.८७ प्रतिशत बेरुजु हो ।
बेदकोट नगरपालिकामा सङ्घ तर्फबाट ४५ करोड ६१ लाख ३४ हजार अनुदान प्राप्त भएकोमा प्रदेशबाट ४५ करोड सात लाख तीन हजार रुपियाँ अनुदान प्राप्त भएको थियो । बेदकोटको आन्तरिक आय ६५ करोड ८५ लाख चार हजार रुपियाँ रहेको छ भने, पालिकाले राजस्व बाँडफाँटबाट १२ करोड ७० लाख ९९ हजार रुपियाँ प्राप्त गरेको थियो ।
बेलौरी नगरपालिकाको एक अर्ब ८१ करोड ८३ लाख ६९ हजारको लेखा परीक्षण गरिँदा ६४ लाख ८० हजार रुपियाँ बेरुजु आएको छ । जुन ०.३६ प्रतिशत बेरुजु हो । आव २०८०/०८१ मा भने, बेलौरी नगरपालिकाको बेरुजु छ करोड ७३ लाख ४७ हजार रुपियाँ आएको थियो । बेलौरी नगरपालिकाले बेरुजु घटाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लामा शुक्लाफाँटा नगरपालिकाको बेरुजु सबैभन्दा कम अर्थात् कुल रकमको ०.३६ प्रतिशत आएको छ । आव २०८१/८२ मा एक अर्ब ८१ करोड ८३ लाख ६९ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा ६४ लाख ८० हजार रुपियाँ बेरुजु आएको छ । जबकी अघिल्लो आवमा शुक्लाफाँटा नगरपालिकाको बेरुजु एक करोड १३ लाख २० हजार रुपियाँ थियो । शुक्लाफाँटाले पनि बेरुजु निरन्तर घटाउँदै लगेको महालेखाको प्रतिवेदनले देखाएको छ । दोधारा चाँदनी नगरपालिकाको आव २०८१/८२ मा एक अर्ब ५२ करोड ८६ लाख ९३ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा आठ करोड आठ लाख ३७ हजार अर्थात् ०.८७ प्रतिशत बेरुजु आएको छ तर अघिल्लो आवमा भने दोधारामा तीन करोड ८४ लाख ९५ हजार रुपियाँ मात्रै बेरुजु थियो ।
बेलडाँडी गाउँपालिकाको ९६ करोड ४४ लाख ३७ हजार रुपियाँको लेखा परीक्षणका क्रममा ४६ लाख ७८ हजार अर्थात् ०.४९ प्रतिशत बेरुजु आएको छ । अघिल्लो आवमा बेलडाँडीमा दुई करोड ७२ लाख १७ हजार रुपियाँ बेरुजु देखिएको थियो ।
जिल्लाको कृष्णपुर नगरपालिकाको एक अर्ब ९४ करोड २६ लाख ७८ हजार रुपियाँको लेखा परीक्षणका क्रममा एक करोड ४० लाख ९९ हजार रुपियाँ अर्थात् ०.७३ प्रतिशत बेरुजु आएको छ । अघिल्लो आवमा कृष्णपुरमा चार करोड ७१ लाख १४ हजार रुपियाँ बेरुजु देखिएको थियो ।


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री

धनगढीमा १० वर्षीय बालकको हत्या

धनगढीः धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी