ओली नेतृत्वको सरकारले सरकारको आयु लम्ब्याउन अरु दललाई कमजोर बनाउने नीति लिएको छः अध्यक्ष यादव

Sunday March 2, 2025

पढ्न लाग्ने समय :


जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस– नेकपा एमाले गठबन्धनको सरकार असक्षम सावित भइसकेको टिप्पणी गर्नुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी केन्द्रिय कमिटिको बैठकमा राजनीतिक, संगठनात्मक प्रतिवेदन तथा प्रश्तावहरु प्रश्तुत गर्दै अध्यक्ष यादवले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकार गठन पश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सिमित राखेको आरोप समेत लगाउनु भयो । सरकारप्रति जनतामा नैरास्यता बढ्दोक्रममा रहेको उहाँको भनाइ छ ।

अध्यक्ष यादवले राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले सरकार असक्षम र असफल सावित भइसकेको बताउनु भयो । सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरु नै ठूला–ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिदा पनि त्यसविरुद्ध सरकार मौन रहेको आरोप लगाउनु भयो । उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकार गठन पश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सिमित रहेको देखिन्छ । सरकारप्रति जनतामा नैरास्यता बढ्दो छ । भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनै ठोस नीति कार्यक्रम तथा योजना देखिन्न । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने, देशको अर्थतन्त्रलाई कमजोर बनाउने, नीतिगत तथा संस्थागत सुधार ल्याउन नसक्ने, उत्पादनमूखी अर्थतन्त्र निर्माण गर्न नसकेको, आपूर्ति व्यवस्थामा सुधार ल्याउन तथा उत्पादन बृद्धि र रोजगारी सृजना गर्न नसकेको, गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभुति दिलाउन नसकेको, समाजमा विद्यमान विभिन्न खाले विभेद अन्त्य गर्न, पर्यावरणीय सन्तुलन कायम गर्न नसकेको, राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न  नसकेको कारणले यो सरकार असफल र असक्षम सावित भइसकेको छ ।’उहाँले सरकार संविधानले व्यवस्था गरेको बहुदलीय व्यवस्थाप्रतिकुल कार्य गर्न उद्दत रहेको आरोप समेत लगाउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको