ओलानी यातायात प्रालिको कार्यालय उद्घाटन

Sunday May 17, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ मा ओलानी यातायात प्रालिको कार्यालय उद्घाटन गरिएको छ। नगरपालिकाको वडा नम्बर १०, ११ र १२ बाट अत्तरिया सम्म सञ्चालन हुँदै आएका अटो चालकहरू संगठित भएर ओलानी यातायात प्रालिमा आबद्ध भई कार्यालय सञ्चालनमा ल्याएका हुन्।

कार्यालयको उद्घाटन गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकाया ले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख रोकायाले ओलानीबाट सञ्चालित अटोहरूले यात्रुहरूलाई सहज सेवा दिनुका साथै रातिको समयमा बिरामी ओसारपसार गरी एम्बुलेन्सको कामसमेत गरिरहेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले नगरपालिकाले पनि आफ्नो क्षमता अनुसार ओलानी यातायात प्रालि।लाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै भीम बहादुर खड्का ले अटो व्यवसायीहरूले व्यवसायसँगै सामाजिक सेवा पनि प्रदान गरिरहेको बताउनुभयो। उहाँले ओलानी क्षेत्रमा सडकको समस्या रहेकाले अटो व्यवसायीहरूलाई भारत जानुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा ओलानी यातायात प्रा।लिका अध्यक्ष राजकुमार बिक ले अब सबै अटो चालकहरू संगठित भएको बताउँदै समितिले निर्धारण गरेको भाडादर लागू गर्न सबै अटो चालकलाई आग्रह गर्नुभयो।

कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम सिह बडैला, वडा नम्बर १० का वडा अध्यक्ष रविन्द्र शाही, पुर्व गाविस अध्यक्ष भान सिंह बिक, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गंगाराम बिक, अस्थायी प्रहरी चौकी ओलानीका प्रहरी सहायक निरीक्षक केशव साउँद लगायतको उपस्थिति रहेको थियो ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक