एसिया कप खेल्न नेपाली क्रिकेट टोली पाकिस्तान प्रस्थान

Wednesday August 23, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । एसिया कप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ। पाकिस्तान र श्रीलंकामा भदौ १३ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा भाग लिन नेपाली टोली गएराति पाकिस्तान प्रस्थान गरेका हुन् ।

एसिया कपमा पहिलोपटक सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन्। समूह ‘बी’मा श्रीलंका बंगलादेश र अफगानिस्तान छन्।

नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ। नेपाल र पाकिस्तानबीचको पहिलो खेल यही भदौ १४ गते हुनेछ । भदौ १८ गते श्रीलंकामा खेल्ने दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले प्रतियोगिताको लागि आफू निकै सकारात्मक रहेको बताउँदै प्रतियोगितामा जित हासिल गर्ने विश्वास व्यक्त गरे।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको