एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्छौं : कप्तान रोहित पौडेल

Tuesday August 22, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा आफूहरुले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका छन् ।

एसिया कपमामा सहभागी हुन पाकिस्तान जानुअघि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेलले एसिया कपको नतिजा आफ्नो नियन्त्रणमा नरहेपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा ध्यान केन्द्रित गरिने बताएका हुन् । भारत र पाकिस्तानसँगको खेललाई विश्वले हेर्ने भएकाले आफूहरुले कुनै कमजोरी नदोहो¥याउने उनको भनाइ छ । उनले टीममा सन्दीप लामिछानेको विकल्प अरु कसैले लिन नसक्ने भन्दै एसिया कपमा सहभागी हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाइले प्रत्येक खेलमा उत्कृष्ट नजिता निकाल्न टिमका प्रत्येक सदस्यहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले खेलाडीले पाँच–महिना इन्डोर प्राक्टिस गरेको र एउटामात्र बलिङ मेसिनमार्फत पुरानो बलले अभ्यास गरेको उल्लेख गरे । खेल अवधिभर लड्नुपर्ने उनको भनाइ छ ।

एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हुँदैछ । नेपाल घरेलु टोली पाकिस्तान र भारतको समूहमा रहेको छ । जसले गर्दा नेपालले पाकिस्तानसँग पाकिस्तानमा र भारतसँग श्रीलंकामा खेल्नेछ । नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्तानमा भदौ १३ मा हुनेछ भने भारतसँगको खेल श्रीलंकाको क्यान्डिमा भदौं १८ मा हुने तय भएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको