एमाले नेताहरु चढेको बुद्ध एयरको जाहजमा प्राविधिक समस्या, पुन: काठमाडौँ ल्याइयो

Wednesday August 30, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । जनकपुरका लागि उडेको नेकपा एमालेका नेताहरु चढेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि पुन: काठमाडौँ फर्किएको छ ।

बुधबार विहान एमालेको सचिवालय बैठकका लागि सिरहा जानेक्रममा एमालेका नेताहरु वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य,  उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा लगायत चढेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको हो ।

बुद्ध एयरले काठमाडौंबाट जनकपुर उडान नं. ५०१, जहाज 9N-AJO  मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको जानकारी दिएको छ । साथै सो जहाजलाई हाम्रो टेक्निकल टिमले चेकजाँच गरिहेको जनाएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको