एमालेले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ सञ्चालन गर्ने

Friday September 1, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । नेकपा (एमाले) ले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने भएको छ । एमालेले मध्यपहाडी लोकमार्गको सुरुआत बैतडीको ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनले पार्टीले जनतासँग प्रत्यक्षरूपमा हातेमालो गरेर अगाडि बढ्नका लागि पदयात्रा अभियानको आयोजना गरेको बताए । अभियानले मध्यपहाडी लोकमार्गमा पर्ने ठाउँका जनतालाई एमालेसँगको सम्बन्ध थप मजबुद र सुमधुर बनाउने उनको भनाइ थियो ।

यसअघि एमालेले २०७४ साल फागुनमा मेची–महाकाली अभियान सञ्चालन गरेको थियो । “पार्टीमा बहुलता र विविधतालाई तथा संयुक्त आन्दोलनको नीतिलाई स्वीकार गरेको ऐतिहासिक ठाउँ तत्कालीन मालेको चौथो महाधिवशेन भएको सिराहाको अम्बासमा हामीले भर्खरै पार्टीको सचिवालय बैठक राखेर हामीले सम्झ्यौँ”, उनले भने, “त्यसैगरी नै मध्यपहाडी लोकमार्गका जनतालाई हातोमालो गरे सडकमा निकाल्न हामीले पदयात्रा अभियान सञ्चालन गर्ने निर्णय गरेको हौँ ।”

मङ्सिर दोस्रो हप्तादेखि सञ्चालन हुने अभियानमा लाखौं मानिसलाई सहभागी गराइने उनको भनाइ छ । पदयात्राअघि बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले अभियानको कार्ययोजना बनाउने प्रचार विभाग प्रमुख गौतमले बताए ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको