एमालेका उपमहासचिव लेखराज भट्टकाे प्रतिनिधि सभा सदस्यमा लगातार दोस्रो हार
पढ्न लाग्ने समय :
धनगढी: एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री लेखराज भट्ट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लगातार दोस्रो पटक पराजित भएका छन।
गृह नगरसमेत रहेको कैलाली क्षेत्र नम्बर ४ मा उनी दोस्रो पटक पराजित भएका हुन। उनले नौ हजार ४४४ मतका साथ तेस्रो स्थान प्राप्त गरे। यो क्षेत्रमा रास्वपाका खेमराज कोइराला विजयी भएका छन।
उाले कांग्रेसका उम्मेदवार गोरखबहादुर विष्टलाई पराजित गरे। यसअघि, सोही क्षेत्रमा दुई पटक चुनाव जितेका भट्ट भने तेस्रो स्थानमा सीमित भए । यसअघि, उनी २०७९ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरसँग पराजित भएका थिए।
संविधान सभाको निर्वाचनमा भने भट्ट विजयी भएका थिए।
यसैगरी, कैलाली क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री गौरीशङ्कर चौधरीले पनि हारेका छन। एमालेका उम्मेदवार उनले धरौटीसमेत जोगाउन सकेनन। चौधरी चौथो स्थानमा सीमित भए।