एनपिएल अक्सन र रिटेन्सनमा धनगढी क्रिकेट एकेडेमीको ऐतिहासिक दबदबा

Tuesday July 7, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि भएको खेलाडी अक्सन र रिटेन्सनमा सुदूरपश्चिमकै प्रतिष्ठित खेल संस्था धनगढी क्रिकेट एकेडेमीले अभूतपूर्व सफलता हासिल गरेको छ। ग्रासरुट क्रिकेटबाट खेलाडी उत्पादनमा निरन्तर लागिरहेको यस एकेडेमीका कुल ९ जना खेलाडीहरू एनपिएलका विभिन्न स्थापित फ्रेन्चाइज टोलीहरूमा आबद्ध हुन सफल भएका छन्।

आइतवार सम्पन्न अक्सनमा धनगढी क्रिकेट एकेडेमीका उत्पादन तथा नेपालको १६ वर्ष मुनीको टोलीका प्रतिभावान खेलाडी सचिन भट्ट इतिहास रच्न सफल भए। उनी यस पटकको एनपिएल अक्सनमा पहिलो सोल्ड आउटु (बिक्री हुने पहिलो खेलाडी) बन्दै घरेलु टोली सुदूरपश्चिम रोयल्समा आबद्ध भएका छन्।

सचिनसँगै अन्य दुई जना प्रतिभावान खेलाडीहरू ब्याट्सम्यान आयुब चन्द र विकेटकिपर ब्याट्सम्यान टेक रावतलाई पनि सुदूरपश्चिम रोयल्सले अक्सन मार्फत आफ्नो टोलीमा भित्र्याएको छ। यस्तै, यसअघि नै सुदूरपश्चिम रोयल्सले एकेडेमीका युवा स्टार हिम्मत महरालाई आफ्नो टोलीमा सुरक्षित गरिसकेको थियो। योसँगै सुदूरपश्चिम रोयल्समा मात्रै धनगढी क्रिकेट एकेडेमीका ४ जना खेलाडीहरू खेल्ने निश्चित भएको छ।

अर्कोतर्फ, नेपाल १९ वर्ष मुनीको टोलीको कप्तानी गरिसकेका स्थापित अलराउन्डर अशोक धामी र अर्का तीव्र गतिका ब्याट्सम्यान बिपिन रावललाई बलियो टोली चितवन राइनोजले अक्सन मार्फत आफ्नो टोलीमा आबद्ध गरेको छ।

त्यस्तै, नेपालकै चर्चित विष्फोटक ब्याट्सम्यान लोकेश बम र उत्कृष्ट अलराउन्डर नारायण जोशीलाई विराटनगर किंग्सले यस सिजनका लागि आफ्नो टोलीमा रिटेन गरेको छ भने सटिक स्पिन बलिङका लागि चिनिएका शेर मल्ललाई लुम्बिनी लायन्सले आफ्नो टोलीमा सुरक्षित राखेको छ।

एउटै एकेडेमीबाट उत्पादन भई देशकै सबैभन्दा ठुलो क्रिकेट उत्सवमा ९ जना खेलाडीहरू पर्नु सुदूरपश्चिम र समग्र नेपाली क्रिकेटकै लागि एक ऐतिहासिक कीर्तिमान हो। आफ्ना खेलाडीहरूको यो भव्य सफलतामा खुसी व्यक्त गर्दै धनगढी क्रिकेट एकेडेमीले सबै खेलाडीहरूलाई बधाई तथा मैदानमा उत्कृष्ट प्रदर्शनका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।

 


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक