एनपिएलको टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक रहने घोषणा

Friday November 15, 2024

पढ्न लाग्ने समय :


नेपाल प्रिमियर लिग(एनपिएल) क्रिकेटको प्रत्यक्ष प्रशारण चर्चित स्पोटर््स च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार पत्रकार सम्मेलनमार्फत एनपिएलको ब्रोड कास्टिङ पार्टनर स्टार स्पोर्ट्स रहने घोषणा गरेको हो । क्यानका सचिव पारस खड्काले एनपिएलको ब्रान्ड भ्यालु बढाउन स्टार स्पोर्ट्सजस्ता अन्तर्राष्ट्रिय च्यानल आवश्यक रहेको र सोही अनुरूप स्टार स्पोर्ट्ससँग सहकार्य गरेको बताउनु भयो ।

साथै सो अवसरमा क्यानले एनपिएलको टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक रहने घोषणा गरेको छ । क्यानका सचिव पारस खड्काले एनपिएल र बैंकबीच पाँच वर्षको सहकार्य हुने जानकारी दिनुभयो । क्यानका सचिव खड्काले कीर्तिमान सहकार्य भएको उल्लेख गरे पनि कति रकममा सम्झौता भएको भन्नेबारे भने खुलाउन चाहनुभएन । सो अवसरमा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडियाले नेपालमा लोकप्रिय रहेको क्रिकेट खेल विकासमा सहयोग गर्ने उद्देश्यले बैंकले सहकार्य गरेको बताउनु भयो ।
उनले एनपिएलका कारण खेलाडीले विश्वका स्टारसँग खेल्ने राम्रो अवसरमा पाउने र देशको पर्यटनमा पनि सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा क्यानका सचिव पारस खड्काले दुई दिनभित्र एनपिएलको खेलतालिका सार्वजनिक गरिने र मंसिर १६ गते कीर्तिपुरमा नै उपनिर्वाचन हुने भएकाले त्यस दिन खेल सञ्चालन नहुने स्पष्ट पार्नुभयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको