एनपिएलको टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक रहने घोषणा

Friday November 15, 2024

पढ्न लाग्ने समय :


नेपाल प्रिमियर लिग(एनपिएल) क्रिकेटको प्रत्यक्ष प्रशारण चर्चित स्पोटर््स च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार पत्रकार सम्मेलनमार्फत एनपिएलको ब्रोड कास्टिङ पार्टनर स्टार स्पोर्ट्स रहने घोषणा गरेको हो । क्यानका सचिव पारस खड्काले एनपिएलको ब्रान्ड भ्यालु बढाउन स्टार स्पोर्ट्सजस्ता अन्तर्राष्ट्रिय च्यानल आवश्यक रहेको र सोही अनुरूप स्टार स्पोर्ट्ससँग सहकार्य गरेको बताउनु भयो ।

साथै सो अवसरमा क्यानले एनपिएलको टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक रहने घोषणा गरेको छ । क्यानका सचिव पारस खड्काले एनपिएल र बैंकबीच पाँच वर्षको सहकार्य हुने जानकारी दिनुभयो । क्यानका सचिव खड्काले कीर्तिमान सहकार्य भएको उल्लेख गरे पनि कति रकममा सम्झौता भएको भन्नेबारे भने खुलाउन चाहनुभएन । सो अवसरमा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडियाले नेपालमा लोकप्रिय रहेको क्रिकेट खेल विकासमा सहयोग गर्ने उद्देश्यले बैंकले सहकार्य गरेको बताउनु भयो ।
उनले एनपिएलका कारण खेलाडीले विश्वका स्टारसँग खेल्ने राम्रो अवसरमा पाउने र देशको पर्यटनमा पनि सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा क्यानका सचिव पारस खड्काले दुई दिनभित्र एनपिएलको खेलतालिका सार्वजनिक गरिने र मंसिर १६ गते कीर्तिपुरमा नै उपनिर्वाचन हुने भएकाले त्यस दिन खेल सञ्चालन नहुने स्पष्ट पार्नुभयो ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना