एनपिएलः पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर, इलिमिनेटरमा चितवन र कर्णाली

Monday December 16, 2024

पढ्न लाग्ने समय :


सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १२.२ ओभरभित्र जित निकाल्न असफल भएसँगै काठमाडौं गुर्खाजको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअप पुग्ने सम्भावना समाप्त भएको छ ।
तर सुदूरपश्चिमले सोमवार कर्णालीमाथि ६ विकेटले हराउँदै शिर्ष स्थानमा रहेर पहिलो क्वालिफायरको यात्रा तय ग¥यो । लिग खेल सकिएसँगै एनपिएलको प्लेअफमा खेल्ने चारै टोलीको पनि टुङ्गो लाग्यो । समान सात खेलबाट सुदूपश्चिमले ६ जितबाट १२ अंक जोड्दै शिर्षमा रह्यो । समान खेलबाट जनकपुर बोल्ट्सले १० अंक जोड्दै दोस्रो भयो । कर्णालीसँग सुदूरपश्चिममाथि जित निकाल्दै दोस्रो स्थानमा उक्लिने अवसर थियो । तर कर्णाली सफल भएन । सुदूरपश्चिम र जनकपुरबीच पहिलो क्वालिफायर तय भएको हो । यी दुईबीच आगामी बुधवार प्रतिष्पर्धा हुनेछ ।
लिगको तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णालीबीच इलिमिनेटर पनि बुधवार नै हुनेछ । समान सात खेलबाट चितवन, कर्णाली र काठमाडौंले समान आठ अंक नै जोडे । तर नेट रनरेटका आधारमा यी तीन तेस्रो, चौथो र पाँचौं स्थानमा रहे । एनपिएलको २८औं खेलमा सुदूरपश्चिमले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै छैटौं जित निकालेको हो । सुदूरपश्चिमले एक मात्र चितवनसँग व्यहो¥यो । कर्णालीले दिएको दिएको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । ईशान पाण्डे ३८ रनमा अविजित रहँदा कप्तान दीपेन्द्र ३८ रन बनाएर आउट भए ।
यी दुईबीच चौथो विकेटका लागि ६८ रनको साझेदारी बन्यो । दीपेन्द्रले २९ बलमा चार चौका र एक छक्का प्रहार गरे । अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ दी म्याचसमेत भए । ईशानले ३६ बलमा चार चौका हिर्काए । त्यसअघि सामान्य लक्ष्य पछ्याए पनि सुदूरपश्चिमले ब्याटिङमा संघर्ष ग¥यो । पावर प्लेमा ३० रन जोड्दा सुदूरपश्चिमले तीन विकेट गुमाएको थियो । ओपनरद्वय सैब जैफ ११ र विनोद भण्डारी ४ रनमा आउट भए । सैब सोमपाल कामीद्वारा र विनोद विपिन शर्माद्वारा एलबिडब्लु आउट भएका हुन् । ब्रान्डन म्याकमुलन पनि ३ रनमा रनआउट भए र सुदूरपश्चिमको इनिङ धरमरायो । तर ईशान र दीपेन्द्रले साझेदारी गर्दै इनिङ सम्हाले ।
कर्णालीको बलिङमा सोमपाल, विपिन र नन्दन यादवले समान एक विकेट लिए । जिसान मक्सुदले चार ओभरमा १४ रन मात्र खर्चिए पनि विकेट निकाल्न सकेनन् । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.५ ओभरमा १०१ रनमा नै अलआउट भयो । मध्य क्रमका ब्याटर जिसानको ३० रन नै कर्णालीका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । कर्णालीले खराब शुरुवात ग¥यो । दोस्रो ओभरमा ओपनरद्वय बाबर हयात १३ रन र रित गौतम शुन्यमा नै पेभेलियन फर्किए । पहिलो १० ओभरमा ४७ रन जोड्दा सुदूरपश्चिमले चार विकेट मात्र गुमाएको थियो । पछिको १० ओभरमा भने सुदूरपश्चिमले ६ विकेट गुमाउन पुग्यो । विलियम बोसिस्टो १६, चाडविक वाल्टनले ११ र देव खनाल ७ रनमा आउट भए । गुलसन झा पनि २ र कप्तान सोमपाल कामीले ११ रनमा पेभेलियन फर्किएपछि कर्णाली सस्तैमा रोकियो । सुदूरपश्चिमको बलिङमा हरमित सिंहले तीन विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरीले चार ओभरमा २० रन मात्र खर्चिएर दुई विकेट लिए । स्कट कुगेलिन र सैफ जैबले समान एक विकेट लिए ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ