एडीबीद्वारा बाढी नियन्त्रण तथा सिँचाइका लागि बङ्गलादेशलाई सात करोड सहयोग

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


मनिला । एसियाली विकास बैंक (एडीबी) ले बङ्गलादेशमा जलस्रोत व्यवस्थापन (बाढी नियन्त्रण तथा सिँचाइ) का लागि सात करोड १० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

गोपालगञ्ज र मदारीपुर जिल्लाका ग्रामीण समुदायमा यस परियोजनाले जलवायु परिवर्तनको प्रभावका लागि उनीहरूको तयारी र लचिलोपनलाई बलियो बनाउने बैङ्कले एक प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

विश्वव्यापी जलवायु परिवर्तन प्रभाव सूचकाङ्कको आधारमा बङ्गलादेश जलवायु जोखिमको सातौं स्थानमा छ । बङ्गलादेशले चरम मौसमी समस्या र जलवायु घटनाहरूको तीव्रताको सामना गरिरहेको बैङ्कले जनाएको छ ।

यस परियोजना अन्तर्गत छ लाखभन्दा बढी मानिसहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । परियोजनाले जलवायु प्रभाव व्यवस्थापन, बाढी नियन्त्रण, जल निकासी र सिँचाइका उपायहरू अवलम्बन गर्ने एडीबीले जनाएको छ ।

एडीबीको सहयोगले आर्थिक वृद्धि र उत्पादकतालाई थप बढावा दिनेछ भने आय र दिगो जीविकोपार्जन बढाउनेछ । विशेष गरी महिला र कमजोर समूहहरूका लागि र दक्षिण पश्चिम बङ्गलादेशको ग्रामीण क्षेत्रमा गरिबी घटाउने एडीबीका वरिष्ठ परियोजना व्यवस्थापन विशेषज्ञ पुष्कर श्रीवास्तवले बताए ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि