एक्स्ट्राटेक ओभल स्टेडियममा फ्लड लाइटको परीक्षण सम्पन्न

Friday February 28, 2025

पढ्न लाग्ने समय :


रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ । बिहीवार राति पाँच वटै फ्लड लाइटको परीक्षण भएको हो । स्टेडियममा प्रवन्ध निर्देशक विनोद कुँवरले फ्लड लाइडको चेकिङ सकिएको र अब टेस्टिङ बाँकी रहेको जानकारी दिनुभयो । अब प्राविधिक पक्षहरु सुधार गरेसँगै केही दिनभित्रै टेस्टिङ सकिने बताउनु भयो । निजी क्षेत्रले शुरु गरेपनि स्टेडियम सरकारकै सम्पती भएको बताउनु भयो । विदेशमा बसेर केही सिकेर देशका लागि योगदान गरेको बताउनु भयो । उहाँले खेलकुद जगतले देशलाई चिनाउने भन्दै त्यसका लागि आफूले प्रयास गरेको बताउनु भयो । बनाउन शुरु गरेको डेढ वर्ष भएको बताउँदै डेढ वर्षमा कामहरु आफूले आँट गरेअनुसार सम्पन्न गरेको बताउनु भयो । आइसिसि मापदण्डअनुसार आवश्यक कामहरु पूरा गरेको बताउनु भयो ।

उहाँले भिआईपी बिल्डिङ निर्माणाधिन रहेको र तेस्रो तलासम्मको ढलान सम्पन्न भइसकेको जानकारी दिनुभयो । प्याराफिट बनाउने काम बाँकी रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री कप एक्स्ट्राटेक ओभल स्टेडियममा हुने कुराले थप खुशी भएको बताउनु भयो । अबको साढे २ वर्षभित्र २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको स्टेडियम तयार गर्ने प्रतिवद्धता जनाउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको