एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु, अध्यक्षको प्रतिवेदनमा सदस्यहरुले धारणा राख्दै

Wednesday August 23, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज पुनः बसेको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नुहुने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले आफ्नो प्रतिवेदन पेस गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य, अन्तर्राष्ट्रिय परिस्थिति, भू–राजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थिति, नेपाली समाजको विशिष्ट अवस्थालगायतबारे चर्चा गरे।

उक्त प्रतिवेदनमा पार्टीको सैद्धान्तिक, वैचारिक दृष्टिकोण, समाजवादी कार्यक्रम र कार्यदिशाबारे उल्लेख गर्दै अध्यक्ष नेपालले विभिन्न कारणले आफ्नो पार्टी एमालेभन्दा फरक रहेको उल्लेख गरे । मुलुकमा पुँजीवादी क्रान्तिको अन्त्य गर्न जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेकाले सो विचार छाड्न नसक्ने प्रतिवेदनमा उल्लेख छ । यही भदौ ७ गतेसम्म चल्ने सो बैठकले महाधिवेशनको मिति र स्थान तय गर्ने बताइएको छ ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान