एकता नै राष्ट्र निर्माणको बलियो आधार होः प्रधानमन्त्री

Friday January 24, 2025

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभएको छ । शुक्रवार बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हल्लाका पछाडि नभइ भविष्य उन्मुख भएर कामका पछाडि लाग्न आग्रह गर्नुभयो । उहाँले लोकतान्त्रिक बाटोबाट नै विकास सम्भव रहेको बताउनु भयो । उहाँले जातीयता, भौगिलकताका नाममा विद्ेवष फैल्याउने काममा नलाग्न आग्रह गर्नुभयो । उहाँले विविधताहरुलाई राष्ट्रिय एकतामा परिणत गर्दै अघि बढ्न जरुरी रहेको बताउनु भयो । एकता नै राष्ट्र निर्माणको बलियो आधार भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म सम्पूर्ण नेपाली जनतालाई भन्न चाहन्छु, हल्लाका पछाडि होइन, कामका पछाडि सुन्दर भविष्य उन्मुख भएर हामी अघि बढौँ । लोकतान्त्रिक बाटो, यस बाटोलाई हामीले अगाडि लिएर जानुपर्दछ । यहाँ अस्थिरता बढ्न दिने, प्रतिगमन हुन दिने होइन । यहाँ जातजात, भूमि, भूमिका नाउँमा, भूगोल भूगोलका नाउँमा वा थर थरका नाउँदा, धर्म धर्मका नाउँमा अनेक प्रकारका विद्वेष फैल्याउन दिन होइन । हामी नेपालीहरु एकजुट भएर, एकतावद्ध भएर हाम्रा बीचका भिन्नताहरुलाई वा विविधताहरुलाई राष्ट्रिय एकतामा परिणत गर्दै हामी अगाडि बढ्नुपर्दछ । एकता नै राष्ट्र निर्माणको बलियो आधार हो । एकतावद्ध प्रयास नै मुख्य ग्यारेन्टी हो, हामीले देश निर्माण गर्नसक्छौँ भन्ने । हामी अघि बढिरहेका छौँ ।

प्रधानमन्त्री ओलीले सम्पन्न भएका कामहरुप्रति खुशी प्रकट गर्दै छिटो भन्दा छिटो जनतालाई सेवा दिन पाइयोस् भन्ने सरकारको उद्देश्य रहेको बताउनु भयो । सरकार स्थिरता, दृढ निश्चयका साथ विकास निर्माणका प्रयासमा अघि बढिरहेको बताउनु भयो ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना