उच्च प्रहरी अधिकारीको सरुवासम्बन्धी मापदण्ड जारी, दम्पत्तिलाई एउटै वा नजिकैको कार्यालयमा सरुवा गरिने

Thursday August 17, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । नेपाल प्रहरीका उच्च अधिकारीको सरुवासम्बन्धी मापदण्ड जारी भएको छ । उपप्रधान एवम गृहमन्त्री नाराणणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्ड स्वीकृत गरेका हुन् ।

यसअघि प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिको बैठकले साउन २८ गते यससम्बन्धी मापदण्ड पारित गरेको थियो । नयाँ मापदण्ड अनुसार प्रहरी एकाईलाई तीन समूहमा वर्गीकरण गरिएको छ ।

प्रहरी नियवमाली अनुसार डीआईजीको सरुवा प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले गर्ने व्यवस्था गरिएको छ ।

नयाँ मापदण्डमा प्रहरीमा कार्यरत दम्पत्तिलाई एउटै वा नजिकैको प्रहरी कार्यालयमा सरुवा गर्ने व्यवस्था गरिएको छ । यो सुविधा एक दर्जामा एक पटक र सेवा अवधिमा २ पटकसम्म प्राप्त हुने व्यवस्था छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको