उच्चस्तरीय समितिकै अडानमा एमाले, सभामुख र सचेतकबीचको छलफल निष्कर्षविहीन

Sunday August 20, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको छलफल निष्कर्षविहीन भएको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने अडान एमालेले कायमै राखेपछि वैठक निष्कर्षविहीन बनेको हो ।

सत्तारुढ दल समिति नबनाउने अडानमा छन् । ‘उच्चस्तरीयमा अडान कायमै छ । सरकारको अकर्मण्यताले सदन अवरोध भएको हो । उच्चस्तरीय समिति बनाउनु पर्ने थप पुष्टि भएको छ । हाम्रो माग थप सशक्त बनाउछौँ’, एमाले प्रमुख सचेतक पदम गिरीले छलफलमा भने ।

सभामुखसँगको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षीको अडान कायम रहेकाले तत्काल सदनको गाँठो फुक्ने सम्भावना नदेखिएको बताएका छन् । ‘गाँठो फुकेको छैन । जहाँ अड्केको छ त्यहीँ छ । प्रमुख प्रतिपक्षी थप बलियो हुने भनेको छ,’ उनले भने, ‘सदनमा अन्य दल पनि छन् । संसदीय प्रणालीमाथि प्रश्न नउठोस् । सदन चल्ने वातावरण बनाउनुपर्छ । जे छ सदनमै गरौँ ।’

सदनको अवरोधबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख दलहरूसँगको छलफल गर्दै छन् । साढे १२ बजे बोलाइएको बैठकमा सहभागी हुन प्रमुख सचेतकहरू प्रधानमन्त्री कार्यालय पुगेका छन् । भने एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका छन् ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको