उच्चस्तरीय समितिकै अडानमा एमाले, सभामुख र सचेतकबीचको छलफल निष्कर्षविहीन

Sunday August 20, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको छलफल निष्कर्षविहीन भएको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने अडान एमालेले कायमै राखेपछि वैठक निष्कर्षविहीन बनेको हो ।

सत्तारुढ दल समिति नबनाउने अडानमा छन् । ‘उच्चस्तरीयमा अडान कायमै छ । सरकारको अकर्मण्यताले सदन अवरोध भएको हो । उच्चस्तरीय समिति बनाउनु पर्ने थप पुष्टि भएको छ । हाम्रो माग थप सशक्त बनाउछौँ’, एमाले प्रमुख सचेतक पदम गिरीले छलफलमा भने ।

सभामुखसँगको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षीको अडान कायम रहेकाले तत्काल सदनको गाँठो फुक्ने सम्भावना नदेखिएको बताएका छन् । ‘गाँठो फुकेको छैन । जहाँ अड्केको छ त्यहीँ छ । प्रमुख प्रतिपक्षी थप बलियो हुने भनेको छ,’ उनले भने, ‘सदनमा अन्य दल पनि छन् । संसदीय प्रणालीमाथि प्रश्न नउठोस् । सदन चल्ने वातावरण बनाउनुपर्छ । जे छ सदनमै गरौँ ।’

सदनको अवरोधबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख दलहरूसँगको छलफल गर्दै छन् । साढे १२ बजे बोलाइएको बैठकमा सहभागी हुन प्रमुख सचेतकहरू प्रधानमन्त्री कार्यालय पुगेका छन् । भने एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका छन् ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको