इविशा विकको हत्यारालाई कारबाहीको माग गर्दै डोटीमा विरोध र्‍याली

Sunday March 15, 2026

पढ्न लाग्ने समय :


डोटी : सुर्खेतकी इनिशा विकका दोषीलाई कडा कारबाहीको माग गर्दै डोटीमा विरोध र्‍याली गरिएको छ।

डोटी बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा डोटी जिल्ला सदरमुकाम सिलगढीमा विरोध र्‍यालीको आयोजना गरिएको हो।

सिलगढीस्थित शैलेश्वरी प्रवेशद्वारबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसँगैको बजार पुगी पुनः फिर्ता भई जिल्ला प्रशासन कार्यालय बाहिर कोण सभामा परिणत भएको थियो।

र्‍यालीमा सहभागी विद्यार्थीहरूले ‘हत्यारालाई कारबाही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, छोरीको सुरक्षा गर, न्याय किन्न पाइँदैन जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए। विरोध र्‍यालीमा सिलगढीस्थित डोटी बहुमुखी क्याम्पस र पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सहभागी भएका थिए।

यही फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगरस्थित सहीद पार्क नजिकैको सामुदायिक वनमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको थियो। सो घटना पश्चात् सुर्खेतसहित देशभरकबाट विरोध भइरहेको छ।

 


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा